देवदह। पछिल्लो समय वृद्धि भइरहेको वित्तीय गतिविधि र बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै देवदहको खैरेनी बजारमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक रंजना पौडेल पण्डीतले संयुक्त रुपमा खैरेनी शाखाको शुभारम्भ गर्नुभएको हो।
यो सँगै बैँकको शाखा १४८ तथा एटीएम सेवा १८८ पुगेको छ। २०४१ असार १२ गते स्थापना भएको सो बैँकले यस वर्ष १५४ शाखा पुर्याउने लक्ष्य राखेको छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले स्थानीय समुदायका घर दैलोमा नै बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिए।

उद्घाटन कार्यक्रममा नबिल बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापा,उद्योग बाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारी लगायतको सहभागिता रहेको थियो। नबिल बैक खैरेनी शाखाका शाखा प्रबन्धक नारायण क्षेत्रीको स्वागत र सुनवल शाखाका प्रबन्धक ह७३घढसम कान्त पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij