बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

स्थानीय निर्वाचनका लागि राप्रपा देवदहको घोषणापत्र सार्वजनिक [पूर्णपाठ]

स्थानीय निर्वाचनका लागि राप्रपा देवदहको घोषणापत्र सार्वजनिक [पूर्णपाठ]

images
  • 492
    SHARES

  • images
    images
    images
    स्थानीय निर्वाचनका लागि राप्रपा देवदहको घोषणापत्र सार्वजनिक [पूर्णपाठ]
    images
    images
    images

    बैशाख १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले आसन्न स्थानिय तह निर्वाचनका लागि आफ्नो संकल्पसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार देवदह स्थित देवदह प्रेस क्लवमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । स्थानिय तह निर्वाचनका लागि पार्टीका देवदह नगर प्रमुख पदका उम्मेदवार माधव प्रसाद रिमालले प्रतिवद्धता पत्र वाचन गरेर सुनाउँदै देशमा राजनीतिको बिकास भएको तर बिकासको राजनीति नभएको प्रति दुखेसो गर्नुभयो । रिमालले पार्टीले सुदृढ, भ्रष्टाचार रहित र सुशासनयुक्त व्यवस्थाको लागि निर्वाचनमा उम्मेदारी दिएको बताउनुभयो ।

    प्रतिबद्धता पत्रमा लगभग ७ पृष्ठ लामो प्रतिबद्धता पत्रमा समृद्ध देवदह नगरको परिकल्पना गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी, भौतिक पुर्वाधार, कृषि, रोजगार, उद्योग व्यापार, भूमि सुधार, स्थानीय न्याय, सुशासन, धर्म, प्रशासनिक संरचना, आर्थिक सबलीकरण, यातायात, विद्युत, खेलकुद, वन संरक्षण तथा राजसंस्था लगायतका बिषयमा महत्वकांक्षी प्रतिबद्धता सहितका योजनाहरु अगाडि सारिएको छ ।
    पत्रकार सम्मेलनमा पार्टीका नगर उपप्रमुख पदका उम्मेदवार निर्मला जिसी, पार्टीका पुर्व केन्द्रिय सदस्य तोयानाथ लम्साल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images

    यस्तो छ प्रतिवद्धता पत्र
    आदरणीय देवदहवासी मतदाता महानुभावहरु,
     मुलुकको गौरवपूर्ण इतिहास, धर्म संस्कृति परम्पराको जगेर्ना गर्दै हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण सम्भव छ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय राजनीतिको विकल्प सहित खडा भएको छ । परम्परागत रुपमा चलि आएको मूल्य मान्यतालाई निरन्तरता दिँदै सो मान्यतामा समयानुकुल सुधार गर्दै जाने विषयमा रा.प्र.पा. प्रतिबद्ध छ । 
     राष्ट्रिय प्रजातन्त्र पार्टीले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास निर्माण लगायत स्थानीय साधन श्रोत परिचालन र रोजगारी सिर्जना लगायतका विषयलाई उच्च प्राथमिकता दिने छ भने भ्रष्टचारमा शून्य सहनशिलताको नीति अवलम्वन गर्ने छ ।
     हाम्रा शुरवीर र दूरदर्शी पूर्खाले बचाएर राखेको यो मुलुकको इतिहास र संस्कृति जीवन्त राख्नको लागी राष्ट्रिय भावको चेतना र समृद्धिको नयाँ आधार निर्माण गर्न आजको नयाँ पुस्तालाई समयले हाँक दिएको छ ।
    राष्ट्रिय भावना र निष्ठाको नयाँ आधार दिनुपर्ने संक्रान्तिमा उभिएको युवा वर्ग उपर ठुलो जिम्मेवारी छ । मानवता र राष्ट्रियतालाई सर्वोपरी राखी नेपालको यो भू–खण्ड देवदहको ऐतिहासिक महत्वलाई सम्मान गर्न विश्वमा यसको गरीमालाई उचाईमा पु¥याउन यो चुनावलाई वरदान बनाउन गर्दछौं ।
     युवा, बालबालिका, महिला, जेष्ठ नागरिक, उत्पीडित अल्पसंख्यक, किसान, मजदुर, उद्यमी लगायत सबै वर्ग र क्षेत्रका नागरिकको आर्थिक, सामाजिक र जनजीविकाको संरक्षण गर्ने सहज वातावरण सृर्जना गर्न निम्न प्रतिवद्धता सहित स्थानीय तहको निर्वाचनमा राप्रपालाई “हलो चुनाव चिन्ह” मा आफ्नो अमूल्य मत आम मतदाताहरुसँग हार्दिक अनुरोध गर्दछु ।
    शिक्षा क्षेत्रतर्फ ः–
    १.कक्षा १२ सम्म नि ः शूल्क 
    – स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय ।
       – व्यवहारिक शिक्षा अनिवार्य कम्प्युटर शिक्षा, प्रारम्भिक बाल विकास शिक्षामा 
    प्राथमिकता ।
       – असक्त, अपाङ्ग तथा बालमैत्री विद्यालय अनिवार्य बनाउनुपर्ने व्यवस्था गर्ने ।
    – सामुदायिक विद्यालयहरुलाई राजनीति मुक्त बनाउँछौ, अभिभावक मात्र विद्यालय 
    व्यवस्थापनसमितिमा रहने व्यवस्था गर्नेछौ ।
       – देवदह आर्दश बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै आर्दशका रुपमा स्थापित गराउन 
    पहल गर्ने ।
    – लुम्बिनी बौद्ध विश्व विद्यालय यथा शिघ्र स्थापना र सञ्चालनमा विशेष पहल गरिने छ ।
    २. जनस्वास्थ्य तर्फ 
    – सबै नागरिकलाई अनिवार्य तथा नि ः शुल्क स्वास्थ्य बीमा ।
       – हरेक वडामा स्वास्थ्य चौकी, नि ः शुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा ।
    – सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम ।
       – प्रत्येक वडामा प्रशुति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिना 
    सम्म रु. ३,०००÷– मासिक भत्ता ।
    – स्थानिय महिला स्वयं सेवीकालाई प्रोत्साहन भत्ता ।
       – जन–स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी व्यापक सुधार गरिने छ ।
       – नवजात शिशु तथा गर्भवती महिलाहरुको मृत्युदर घटाउन आवश्यक कार्य थालनी 
    गर्ने ।
    ३. सामाजिक सुरक्षा तर्फ
    – अपाङ्गतथा शारीरिक रुपमा फरक क्षमता भएकाहरुलाई विशेष सुविधाका व्यवस्था 
    मिलाइने छ । 
       – लैङ्गिक विभेद अन्त्यका लागि संयुक्त अधिकार प्रणाली कानुनद्धारा व्यवस्थित गरिने 
    छ ।
       – एकल महिलाहरुको लागि विशेष व्यवस्था गरिने छ ।
       – जेष्ठ नागरिक सुरक्षाका लागि घर, दैलोमै सेवा उपलब्ध गराइने छ ।
    ४. खानेपानी तथा सरसफाई तर्फ
       – नगर सरसफाई तथा खाद्य समिति गठन गरी कार्य थालनी गरिने छ । 
       – नागरिकले शुद्ध पिउने पानी निर्बाध रुपमा न्युनतम महशुलमा (सकेसम्म 
    नि ः शूल्क) उपलब्ध 
    गराउने छ ।
       – हरेक वडामा प्रत्येक ३ कि.मि. देखी ५ कि.मि. भित्र सुविधा सम्पन्न सार्वजनीक 
    शौचालयको निर्माण गरिने छ ।
       – सफापानी, सफा बस्ती, स्वच्छ जीवन, सुन्दर देवदहको सहज व्यवस्थापन गरिने छ 
       – ल्याण्ड फिल्ड साइटको स्थापना गरी पी पी पी मोडेलबाट फोहोर व्यवस्थापन गरी 
    सडेर जाने फोहोरबाट मल र उर्जा उत्पादन गरी सडेर नजाने फोहोरलाई 
         व्यवस्थापन गरी आम्दानीको स्थाई श्रोत सहज व्यवस्थापन गरिने छ ।
       – जथाभावी फोहोर फाल्ने प्रकृयालाई बन्द गरी हरेक घरहरुलाई निश्चित स्थान 
    उपलब्धगराइने छ ।
    ५. भौतिक पूर्वाधार विकास तर्फ
       – एकीकृत विकासको अवधारणालाई गुरु योजना बनाई दिगो विकासका थालनी 
    गरिने छ ।
        क. एकीकृत सडक सञ्जालको सुरुवात । सडक सुरक्षालाई प्राथमिकता दिँदै प्रदुषण 
           (धुलो)मुक्त सडक बनाउन कार्य प्रारम्भ गरिने छ ।
        ख. एकीकृत कार्यालय व्यवस्थापनको सुरुवात ।
        ग. एकीकृत नमूना वस्तीको सुरुवात ।
        घ. सुविधा सम्पन्न पार्कहरुको निर्माण ।
     ङ. मायादेवीको जन्म तथा भगवान गौतम बुद्धको मावली यस पावन भूमीमा पर्यटन 
    विकासलाई जोड दिई आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उत्प्रेरणा जगाई एक 
    पटक देवदहनपुगे जीवन अधुरो रहने छ भन्ने भाव जागृत बनाइने छ ।
        च. बौद्ध करीडोरको काम सशक्त बनाई पर्यटकको बसाई लम्व्याउन होमष्टेलाई 
           प्राथमिकतामा राखी सांस्कृतिक तथा सुन्दर शहर निर्माण योजना तयार पारिने 
    छ ।
        छ. पर्यटन प्रवद्र्धनका कार्यहरु गुरुयोजना अनुसार अगाडी बढाइने छ । 
        ज. सीमसार क्षेत्रको संरक्षण गरिने छ ।
    झ. पूरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रहरु, प्राचीन महत्वका मठ, मन्दिर गुम्बा, 
    मष्जिदहरु संरक्षण गरिने छ ।
    उपरोक्त एकीकृत नमूना विकासका लागी निक्षेपित कार्यालयहरुलाई अनिवार्य रुपमा विकासको मुलधारमा समावेश गरी समन्वयात्मक तरीकाबाट सर्वाङ्गीण विकासलाई पहिलो प्राथमिकतामा राखिने छ । 
    देवदहलाई पर्यटकीय विश्राम स्थलको रुपमा विकास गर्न हर सम्भव प्रयत्न गरिने छ ।
    Dtv
    Dtv Devdaha
    ६. कृषितर्फ
       – एकीकृत नमूना वस्ती बाहेकका जग्गाहरुलाई चक्ला बन्दी बनाई सीचाई 
    प्रणलीलाई व्यवस्थित गरी वैज्ञानीक कृषि प्रणाली लागु गरिने छ ।
       – पशुपालनलाई उन्नत नश्ल सुधार तर्फ आकर्षण गराई उत्पादन बढाउने कार्य 
    गरिने छ ।
    अन्धाधुन्ध अनुदान – भष्ट्रचारको मुल जड हो ।
       – किसानलाई आवश्यक पर्ने मल र बीउको माध्यमबाट अनुदान प्रवाह गरिने छ । 
         साना ठूला मझौला सबै खाले किसान अनुदानको पहूँचमा हुनुपर्छ । अनुदान सबैले 
    पाउनु पर्छ ।
       – गुणस्तरीय उत्पादन तपाईले गर्नोस, बजारको जिम्मा हामी लिन्छाँै ।
       – बीउ र मल, दानाको माध्यमबाट अनुदान उपलब्ध हुने छ ।
       – एक गाउँ, एक उत्पादनलाई जोड दिदैँ एकीकृत उत्पादनलाई प्रोत्साहन गरी 
    कृषकको जीवनस्तर उकास्न उद्योगको दर्जा दिइने छ ।
       – माटो परिक्षण प्रयोगशाला स्थापना गरी उपयुक्त खेतीको व्यवस्थापन गरिने छ ।
    – कृषिको बजारीकरणलाई प्रोत्साहन गरिने छ ।
       – गुणस्तर परिक्षण गर्न खाद्य प्रयोगशाला निर्माण गरिने छ ।
    रोजगारतर्फ ः–
    कृषि क्षेत्रलाई प्राथमिकता दिई युवाहरुलाई आकर्षित गराई विदेश पलायन रोकी रोजगारी सिर्जना गर्ने, कृषि उद्यमिलाई विशेष प्रोत्शाहन दिइने । 
    उद्योग तथा व्यापार ः–
       – व्यापार विविधीकरणका लागी प्रोत्साहन, सम्वर्धन गर्न एक औद्योगिक प्रतिष्ठान 
    खडा गरी सुरक्षाको प्रत्याभूति दिइने छ । 
       – व्यापारी वर्गको पूर्ण सुरक्षाका लागी एकदर एक व्यापार नीति लागु गरिने छ । 
    – साना उद्योगको अवधारणालाई मूर्तरुप दिन घरघरमा उद्योग घरघरमा रोजगारको 
         नारालाई साकार पार्ने ।
       – बैदेशिक रोजगारीलाई न्यूनिकरण गर्न ३ वर्षे प्राविधिक शिक्षाबाट स्वरोजगार 
         कार्यक्रमलाई प्रोत्साहन गरी सहकारीको माध्यमबाट उद्योग स्थापना गर्ने नीति 
    लागु गरिने छ ।
    कर व्यवस्था
    –स्थानीय करको दर परिमार्जन गरी कर कटौती गरी न्यूनतम करको व्यवस्था गर्ने ।
       – रोजगार मुलक उद्योग स्थापना गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग तथा ५ वर्ष 
    सम्म कर छुट ।
       – महिलाद्धारा सञ्चालित साना तथा लघु उद्योग व्यवसायमा ५ वर्ष सम्म कर छुट ।
    भूमी सुधार तर्फ
       – अव्यवस्थित भूमिहिन सुकुम्बासी बसोबासीहरुलाई केन्द्र सरकारको नीति र मुख 
    मात्र नताकी १ वर्ष भित्र जग्गा धनीलाई भोगाधिकारको पूर्जा वितरण गर्ने व्यवस्था 
    मिलाइने छ ।
       – माटो परीक्षण गरी जमीनको पहिचान गरी क्षेत्र निर्धारण गरिने छ ।
         क. उब्जनी नहुने क्षेत्रमा उद्योग कलकारखाना स्थापना 
         ख. उब्जनी हुने क्षेत्रमा कृषि उत्पादन ।
    स्थानिय न्याय सम्बन्धमा 
       – प्रचलित कानुन बमोजिम समानताको आधारमा स्थानिय तह न्याय सम्पादन गरिने छ ।
       – बाल ईजलासलाई विशेष ध्यान दिइने छ ।

    सुशासन तर्फ
       – भ्रष्ट्राचार मुक्त स्थानिय तह ।
       – जनतालाई निश्पक्ष र छिटो छरितो सेवा । 
       – पारदर्शिता, जवाफदेहिता, शिश्पक्षता, विश्वस्तियता र नैतिकता आर्थिक 
    अनुशासनको मुलमन्त्रलाई सबैले आत्मसाथ गर्ने परीपार्टीलाई जोड दिइने छ ।
         विपद परेका बेला हरेक नागरिकका घर दैलोमा सेवा सहित पुग्नेछौ । नजीकको    
    स्थानीय सरकारको अनुभूती दिनेछौं ।  
    – समावेशी (हरेक क्रियाकलाप, योजना, उपभोक्ता निर्माण गर्दा) को सिद्धान्त, कुरीति 
          अन्त गर्दै सहयोग, सद्भाव र नागरिक संग जोडिएर काम गर्ने छौं ।
        – नागरिकलाई घरदैलोमै शासकिय सुविधा उपलब्ध गराउने छौं ।
    – स्थानिय तहका सबै अधिकार नागरिकलाई उपलब्ध गराइने छ ।
    धर्म तर्फ
       – सर्वधर्म सम्भाव भन्ने आदीमकालदेखि चलिआएको हिन्दु धर्मलाई राष्ट्रधर्म कायम 
         गरी प्रत्येकहिन्दुको आत्माले मागेको इच्छालाई पुरा गराउने तर्फ लागिने छ ।
       – नगर भित्र रहेका मठ मन्दिर, मस्जीद, गुम्बा चर्चहरुको संरक्षण तथा सम्वद्र्धन 
    गरिने छ ।
       – देवदह क्षेत्र भित्रका पुरातात्विक महत्वका सम्पादाहरुको संरक्षण संवद्र्धन गरी तथा
    उत्खननदेवदहको पहिचानलाई मूर्तरुप दिइने छ ।
    प्रशासनिक संरचना तर्फ
       – हाल मौजुदा रहेको प्रशासनिक दरबन्दीलाई पुनरमूल्यांकन गरी विद्युतीय प्रणलीलाई 
         विशेषजोड दिइने छ । सेवा ग्राहीलाई छिटो छरितो सेवा प्रदान गरिने छ ।
    – स्थानीय निकाय विनियम बनाई कर्मचारीको संरक्षण गरिने छ ।
       – कर्मचारी अवकास कोषको व्यवस्था मिलाइने छ ।
       – आवश्यक पर्ने दरबन्दीको निकास निकालिने छ । 
    आर्थिक सबलिकरण तथा व्यवस्थापन
    विभिन्न विकास निर्माणका लागि आर्थिक पक्ष बलियो नभए सम्म कुनै पनि विकासको काम अगाडी नबढ्ने भएकोले देहाय बमोजिमका व्यवस्थाबाट आर्थिक सबलीकरण गरी विकासलाई द्रूत गतिमा अगाडि बढाइने छ । 
       १. विभिन्न रुपमा छरिएर रहेको आर्थिक श्रोतलाई पहिचान गरी श्रोत संकलन गर्न 
    एक राजस्व परामर्श समिति (आर्थिक विज्ञ समेत रहेको) गठन गरिने छ । 
       २. नेपालसरकारबाट प्राप्त हुने अनुदान रकम ।
       ३. प्राकृतिक श्रोत र साधन परिचालन गरी प्राप्त हुने रकम ।
       ४. भू.स्वामित्वबाट प्राप्त हुने रकम ।
       ५. विभिन्न करबाट आउने रकम ।
       ६. सिफारिस दस्तुर 
    ७. बैदेशिक ऋण तथा अनुदानबाट प्राप्त रकम ।
       ८. परिषद्बाट अनुमोदित शिर्षकहरुबाट प्राप्त हुने रकम ।
       ९. कन्टेन्जेन्सी रकमलाई शिर्षकीकरण गरी आउने रकम ।
    १०. विभिन्न कोषहरु खडा गरी रकम जम्मा गराई श्रोत परिचालन गरिने छ ।
       ११. विद्युत लगायत अन्य क्षेत्रबाट प्राप्त हुने रोयल्टीहरु ।
    यातायात तर्फ
    – सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिने छ ।
    – सडक सञ्जाल कायम गर्न एकीकृत भौतिक पूर्वाधार तर्फबाट गरिने उल्लेख 
    गरिएको छ ।सम्भावित चापलाई मध्य नगर गर्दै पार्किङ्गलाई दीगो व्यवस्थापन हुने 
    गरी कार्य अगाडी बढाइने छ ।
    विद्युत तर्फ
       – उज्यालो देवदहको परिकल्पनालाई साकार पार्न वैकल्पिक उर्जालाई समयानुकुल 
    आवश्यकता मुताविक जडान गरिने छ । 
       – केन्द्रीय ग्रिट प्रणालीको बिजुलीलाई व्यवस्थित गर्न र सरल प्राप्तीको निकास 
    निकालिने छ ।
    खेलकुद तर्फ
       नेपाल सरकारले तोकेको मापदण्ड भित्र रही खेलाडीहरुको उच्चमनोबलका साथ प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न आवश्यक सहुलियत सहित व्यवस्थित खेल मैदानको व्यवस्था गरिने छ । युवाहरुलाई कुलतबाट जोगाउन, असल खेलाडी उत्पादन गर्न, अनुशासित युवा निर्माण गर्न, युवाहरुलाई आत्मविश्वास, जोश जागर सिर्जना गर्न, उद्यमशिल युवामैत्री कार्यक्रम लागुगर्न ।
    वन संरक्षण तर्फ
       हरियो वन नेपालको धन मात्र नभएर हरियो वन स्वास्थ जीवन भन्ने विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै उत्सर्गलाई न्युनिकरण गर्न देवदह भित्र रहेका सबै किसिमका वनहरु संरक्षण गरी धन आर्जन तथा स्वस्थ जीवन जीउने आधार तयार पारिने छ । 
    राजसंस्था सम्बन्धि 
       नेपालको संविधानले व्यवस्था गरेको संसदको मातहतमा रहने गरी जनताबाट अनुमोदित एकताको प्रतिकको रुपमा राजसंस्था कायम गर्ने तर्फ लागिने छ । (राजतन्त्र होइन, राजसंस्था हो सबै स्पष्ट हुनु जरुरी छ ।)
    अन्तमा
       राष्ट्रिय प्रजातन्त्र पार्टीले समाजले समाजलाई समाजले चाहे मुताविकको समाजबाटै परिचालित गर्ने कार्यक्रम प्रति विश्वास गर्दै उदारीकरण तर्फ उन्मुख हुने व्यहोरा अनुरोध छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij