देवदह।नेकपा एमाले देवदह ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका बन्धु कुमालले उम्मेदवारी फिर्ता लिएका छन्। लामो समय तन,मन र धन दिएर पार्टीमा आबद्द भए पनि वडा अध्यक्षको टिकट आफुले नपाएको भन्दै कुमालले बागी उम्मेदवारी दिएका थिए।
नेकपा एमाले समृद्द नेपालको परिकल्पनाका साथ चुनावी मैदानमा होमिएका कारण पार्टी हार्ने भएकोले आफुले उम्मेदवारी फिर्ता लिएको कुमालले बताए। आफुले उम्मेदवारी फिर्ता लिए पनि पार्टी नेतृत्व सच्चिन र मूल्यांकनका आधारमा निर्णय लिन समेत कुमालले सुझाब दिएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij