देवदह। मदन भण्डारी स्पोर्टस एकेडमी देवदहको प्रथम पदाधिकारी बैठक सम्पन्न भएको छ। बैठकले बिभिन्न महत्वपुर्ण निर्णय गरेको एकेडमीका अध्यक्ष बिष्णु ज्ञवालीले बताउनुभयो।
एकेडमीले जननेता मदन भण्डारीको स्मृती दिवसको अवसर पारेर अन्डर-१४ क्रिकेट प्रतियोगिता गर्ने र बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देवदह बाट उम्मेदवारी दिनुभएका नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सहयोग गर्ने र पूर्ण रुपमा निर्वाचनमा खट्ने निर्णय गरेको छ।
बैठकमा स्पोर्टस एकेडमीका केन्द्रिय सदस्य राजेश पाण्डे,जिल्ला अध्यक्ष मणि रत्न भण्डारीजिल्ला सचिब गंगाराम सुनार,जिल्ला सदस्य योगेश प्रधना र श्याम कुमार अर्याल लगायतको सहभागिता रहेको थियो।
बैठकमा नेकपा एमाले बाट देवदह नगर प्रमुख पदका उम्मेदवार धुब्र प्रसाद खरेल, उपप्रमुख पदका उम्मेदवार बिद्या लक्ष्मी गुरुङ,१ देखि वडा नम्बर १२ सम्मका उम्मेदवारहरु क्रमश रमेश भुषाल,दल बहादुर रास्कोटी,बैकुण्ठ बहादुर कुँवर,दिपक चापागाईं,गणेश डुम्रे,खेम बहादुर थापा ,कृष्ण अधिकारी ,हरि पाण्डे,केशब भट्टराई,मन कुमार कनौजे,जित बहादुर चौधरी र बाबुलाल यादब तथा सम्पूर्ण वडा सदस्यहरुलाई जिताउनको लागि अपिल गर्ने निर्णय भएको अध्यक्ष ज्ञवालीले बताए।
बैठक एकेडमीका अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीको अध्यक्षता,बिष्णु प्रसाद वाग्लेको स्वागत र मोनिका पौडेलको संचालनमा सम्पन्न भएको थियो
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij