बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहको चरङ्गेमा एमालेको प्रचारप्रसार सामाग्रीसङ्गै अटो रिक्सा तोडफोड

देवदहको चरङ्गेमा एमालेको प्रचारप्रसार सामाग्रीसङ्गै अटो रिक्सा तोडफोड

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    देवदहको चरङ्गेमा एमालेको प्रचारप्रसार सामाग्रीसङ्गै अटो रिक्सा तोडफोड
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा न १० चरङ्गेमा शनिबार राति घरमै राखिरहेको एमालेको प्रचारसामग्रीसँगै दुई ओटा अटो रिक्सामा तोडफोड भएको छ । नेकपा एमालेको झण्डा र वडा न १० चरङ्गेका वडा अध्यक्ष पदका उम्मेदवार मनकुमार कनौजेको फोटो सहितको ब्यानर टासेकै भरमा नेपाली काँग्रेसका कार्यकर्ताद्वारा ब्यानर च्यात्ने, एमालेको झण्डा च्यात्ने र अटो रिक्सामा तोडफोड गर्ने काम गरेको आरोप छ । झण्डा तथा सवारीसाधनमा धारिलो हतियार प्रयोग गरिएको छ । शनिबार राती करिब १ बजेको समयमा घर अगाडीको सडक लाईट तोडफोड गर्नुका साथै घर अगाडी नै पार्किङ गरेर राखेका अटो रिक्सामा धारिलो हतियार प्रहार गरिएको स्थानीय बुद्धिमाया गोले ले बताइन । बुद्धिमाया गोलेको घरमा पार्किङ गरेर राखिएको ना २ ह ६७२ नम्बरको अटो रिक्सा र उक्त रिक्सामा टाँसिएको नेकपा एमालेको प्रचारसामग्रीमा धारिलो हतियार प्रहार गरिएको छ । यसैगरी सोही ठाउँका स्थानीय सोमबहादुर खड्काको लु १ ह २५५६ नम्बरको अटो रिक्सामा समेत आक्रमण भएको पीडिहरुले बताएका छन् । योजनाबद्ध रुपमा मध्यरातमा आक्रमण गरिएको भन्दै नेकपा एमाले देवदह नगरकमिटीले घटनाप्रति आपत्ति जनाएको छ । स्थानीय तथा पीडित बुद्धिमायाका अनुसार शनिबार मध्य रातसम्म स्थानीय एक काँग्रेस नेताको घरमा भोज-भतेरसहित चर्को स्वरमा नाचगानको कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रम लगत्तै सडकमा राखिएको लाइटमा तोडफोड गरी स्थानीयले घरमा पार्किङ गरेर राखेका अटो रिक्सामा धारिलो हतियारले आक्रमण भएको थियो । अध्यक्ष पदका उम्मेदवार मनकुमार कनौजेले सञ्चारकर्मीहरुसँग भने अटो रिक्सा चालक हरुका लागि प्रशासनले जुन हाइवे बाट हिड्न बन्देज लगाएको थियो त्यसको विकल्पको रुपमा हामीले रिक्सा संचालनका लागि वैकल्पिक मार्ग बनाउनु पर्छ भन्ने पहल कदमी लिएकै कारणले सबै रिक्सा चालक हरु नेकपा एमाले प्रति आकर्षित भएर स्वतस्फुर्त रुपमा आ-आफ्नो अटोमा एमालेको झण्डा र ब्यानर लगाएकै कारण अराजक तत्वहरुले आक्रमण गरेको बताए । पछिल्लो समय घरदैलो तथा मतदाता भेटघाटको क्रममा आफुहरुले जुन विचार, नीति, कार्यक्रम र सहि योजना सहित जनताको बीचमा जादाँ जनताको लोकप्रियता दिनानुदिन बढ्दै गैरहेको छ त्यो देखिसकेपछि नेपाली कांग्रेसका केहि व्यक्ति हरुले घर घरमा पुगेर जनमानसमा डर देखाउने, त्रसित बनाउने काम गरिरहेको पनि उनले बताए ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, बैशाख १८ २०७९०१:१८:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij