बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहका यी दुई सडक,जसले पाँच वर्ष सम्म जनप्रतिनिधिलाई गिज्याइरह्यो

देवदहका यी दुई सडक,जसले पाँच वर्ष सम्म जनप्रतिनिधिलाई गिज्याइरह्यो

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    देवदहका यी दुई सडक,जसले पाँच वर्ष सम्म जनप्रतिनिधिलाई गिज्याइरह्यो
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका खैरेनी-धकधई जोड्ने धकधई सडक खण्ड अन्तर्गत खैरेनी ढेकावर सडक खण्ड जिर्ण बनेको छ ।

    करिब ६ बर्ष अघि पिच गरिएको उक्त सडक खण्ड पिच गरिएको केही बर्षमै भत्किन सुरु भएको थियो।सडक बिभाग बुटवलले भत्किएको,खाडल बनेको र पिच उप्किएको सडकको मर्मतका लागि टेन्डर आह्वान गरि अघिल्लो बर्ष काम सुरु गरेको थियो।तर सम्झौता गरेको भन्दा धेरै खाडल र सडक भत्किएको देखेपछी सडक मर्मतको जिम्मा पाएको उक्त निर्माण कम्पनी फरार भएको थियो।

    images
    images
    images

    सडक जिर्ण भएर धेरै ठाउँमा खाडल बनेको छ,मर्मत गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन यसले दुर्घटनाको जोखिम निम्त्याउन सक्ने स्थानीय लोक बहादुर अर्यालले बताए।सडक बिग्रीएको महिनौ भैसकेको छ,मर्मत गर्ने तर्फ कसैले चासो नदिएको देवदह २ ढेकावरका मोतीराम गुरुङ बताउछन् ।

    अहिले चुनाव नजिकिएको कारण सडकको बिचमा परेको खाडल टालटुल पार्ने काम भएको छ ।मर्मतका लागि ध्यान कसैको पुग्न सकेको छैन।

    त्यस्तै शितलनगर भवानीपुर जाने सडक अन्तर्गत पाकडी डमरुवा क्षेत्रको सडक बिग्रेको पनि पाँच वर्षनै भयो ।उक्त सडक पनि टालटुल बाहेक अरु केहि भएको छैन ।ऎतिहासिक भवानीपुर जाने सडक मर्मत तर्फ पाँच वर्ष सम्म कसैको ध्यान जान सकेन ।

    पिच गरिएको सडक भत्किएको कारण धुलोले सास्ती खेप्नुपरेको स्थानिय दिनेश चौधरी बताउँछन् ।गाडी हिंड्यो कि धुलो उडिहाल्छ,बिग्रेको सडक मिस्कट हालेर टालटुल गर्ने बाहेक केही हुन सकेको छैन चौधरी बताउँछन् ।

    पिच गरेका सडक मापदण्ड अनुसार बनेको छ या छैन भनेर अनुगमन भए पनि ती अनुगमनमा मात्र सिमित भएको छ।देवदहमा दीर्घकालिन रुपमा विकास निर्माणका काम हुनु जरुरी छ।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, बैशाख १८ २०७९०८:१०:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij