बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

उपमेयरका स्वतन्त्र उम्मेदवार थापाद्वारा प्रतिबद्धता पत्र सार्वजनिक,आँप चिन्हमा मतदान गर्न अपिल

उपमेयरका स्वतन्त्र उम्मेदवार थापाद्वारा प्रतिबद्धता पत्र सार्वजनिक,आँप चिन्हमा मतदान गर्न अपिल

images
  • 738
    SHARES

  • images
    images
    images
    उपमेयरका स्वतन्त्र उम्मेदवार थापाद्वारा प्रतिबद्धता पत्र सार्वजनिक,आँप चिन्हमा मतदान गर्न अपिल
    images
    images
    images

    देवदह।बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेम थापा मगरले १६ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

    आइतबार देवदह प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै थापाले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।युवा व्यावसायी तथा समाजसेवी थापा लामो समय देखि राजनीतिमा आबद्द रहि परिवर्तनका लागि भएको आन्दोलनमा होमिएका थिए।पछिल्लो समय माओवादी केन्द्र देवदहका प्रबक्ता समेत रहेका थापाले स्वतन्त्र उम्मेदवारी दिए पछि पार्टी प्रबक्ता बाट राजिनामा समेत दिएका छन् ।

    images
    images
    images

    नगरको विकास र परिवर्तनका लागि पार्टीले जित्ने समाज हार्ने परिपाटीको अन्त्य गर्दै समृद्द नगर बनाउनका लागि आफुले उम्मेदवारी दिएको थापाले बताए।

    यी हुन प्रेम थापाले सार्वजनिक गरेको १५ बुदे प्रतिबद्धता पत्र
    १) स्थानिय तहमा हुने नीतिगत भ्रष्टाचारको अन्त्य गरि जनतालाई सुशानको प्रत्याभुति गराईनेछ ।
    २)देवदह नगरपालिकामा वढ्दो बेरुजु कम गरि ५ वर्ष भित्र बेरुजु मुक्त नगरपालिका बनाइनेछ ।

    ३) गुणस्तरहिन बाटो नालिको गुणस्तर मापन गरि १० वर्षको ग्यारेण्टी प्रतिवद्धता सहित विग्रिए भत्किएमा सोहि ठेकेदारबाट मर्मत हुने व्यवस्था सहितको ठेक्का पट्टाको व्यवस्था गरिनेछ
    ४)एक वडा एक कृषि उपज केन्द्रको व्यवस्थापन गरिनेछ ।
    ५) १२ वडामा कृषि क्षेत्रको पहिचान गरी परम्परागत कृषिलाई आधुनिकिरण गरि कृषक व्यवसायीलाई उत्पादन तथा बजारीकरण प्रवर्धन गरि आत्मनिर्भर र सम्मानको व्यवस्था गरिने छ
    ६) नगरपालिकालाई अति आवश्यक वस्तु दमकल, एम्बुलेन्स सव वाहन तथा एक नगर एक ब्लड बैंकको व्यवस्था गरिनेछ ।
    ६० वर्ष माथिका वृद्ध वृद्धालाई नगरपालिका भित्र रहेको स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार हुने व्यवस्था साथै एक वडा एक वृद्ध वृद्धा मनोरञ्जन केन्द्रको स्थापना गरिनेछ ।
    ८) सामुदायिक विद्यालयमा नीजि श्रोतबाट अध्यापनरत शिक्षकको जिम्मा नगरपालिकाले लिने व्यवस्था मिलाईनेछ ।
    ९)सामुदायिक विद्यालयको शिक्षामा सुधार गरि निजी श्रोतबाट सञ्चालित विद्यालय सरह गुणस्तरीय शिक्षामा समानान्तर कायम गर्न जोड दिईनेछ ।

    १०)बेरोजगार युवाको पहिचान गरि सिप योग्यता अनुभवको आधारमा रोजगारी सिर्जना गरि त्यही क्षेत्रमा परिचालन गरिनेछ । साथै १२ वटै वडामा खेल क्षेत्रको विकास गरि राष्ट्रिय स्तरमा पहिचान बनाएका खेलाडिलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ ।

    ११) एक जाति एक पहिचान संस्कार र संस्कृतिको संरक्षण गरि देवदहको चिनारीको रुपमा अघि बढाईनेछ ।

    १२) स्थानिय तहमा जातिय कलष्टरको पहिचान गरि त्यही जातिको मातृभाषको शिक्षाको पाठ्यक्रम समावेश गरि पठनपाठनको सुरुवात गरिनेछ साथै अल्पसंख्यक, दलित, आदिवासी जनजाती वर्गिय तथा जातिय रुपमा पछि परेका साथै गरिबीको रेखामुनी परेका समुदायको पहिचान गरि कक्षा १२ सम्म शिक्षामा निःशुल्क पठनपाठनको व्यवस्था गरिनेछ ।
    १३) देवदहमा १०० शैयाको सुविधा सम्पन्न अत्याधुनिक नगर अस्पतालको निर्माण गरिनेछ । सबै वडामा गुणस्तरिय स्वास्थ्य चौकीको व्यवस्था गरि सञ्चालन गरिनेछ । पर्यटन क्षेत्रको पहिचान गरि यस क्षेत्रको विकाशको लागि पर्यटक विज्ञहरुसंग छलफल गरि यस क्षेत्रको विकासको लागि प्याकेजमा कार्यक्रम गरिने ।
    १५) देवदह नगरपालिका भित्र सञ्चालित अव्यवस्थित ई रिक्सा तथा तिन पाङ्गे सवारी साधनको नगरपालिकामा दर्ता गरि व्यवस्थित रुपमा सञ्चालन गरि अव्यवस्थित रुपमा रहेका पार्किङ्ग क्षेत्रलाई व्यवस्थित बनाई निश्चित ठाउँबाट सञ्चालन गर्ने व्यवस्था गरिनेछ ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij