देवदह ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका लागि तोलराज विकले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
२०२४ साल बाट तत्कालीन युवक संघमा आबद्द रहेर राजनीति गरेका विक नेकपा एमाले बाट देवदह ५ मा वडा अध्यक्षका दाबेदार थिए । वडा अध्यक्षको टिकट नपाए पछि विकले योगदानको कदर नभएको भन्दै स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
२०३६ मा तत्कालीन मालेमा आबद्ध भए पश्चात् पार्टीको वार्ड कमिटी,गाउँ कमिटी,तत्कालीन गाविस सह सचीव र सचीव हुँदै क्षेत्रीय समितिका उपाध्यक्ष समेत भएर काम गरेका थिए।
मुक्ति समाजको संस्थापक सदस्य जिल्ला कमिटी सदस्य,जिल्ला कमिटी सल्लाहकार हुँदै क्षेत्रीय इन्चार्ज समेत भएर काम गरिसकेका भूमिहीन तथा सुकुम्बासी संगठनको जिल्ला कमिटी सदस्य हुँदै क्षेत्रको अध्यक्ष समेत भएर सुकुम्बासी समस्या समाधानमा अहोरात्र खटेका थिए।
वडाको विकास र समृद्धिका लागि आफुले निरन्तर काम गरे पनि पार्टीले टिकट नदिए पछि स्वतन्त्र रुपमा निर्वाचन लडेर पुनः जनताको सेवामा खट्ने चाहाना रहेको विक बताउँछन् ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भोट दिएर विजयी गरौं समेत अपिल गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij