बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगरपालिकामा संयुक्त गठबन्धन बाट उपमेयरकी उम्मेदवार बनेकी गिरि को हुन् ?

देवदह नगरपालिकामा संयुक्त गठबन्धन बाट उपमेयरकी उम्मेदवार बनेकी गिरि को हुन् ?

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकामा संयुक्त गठबन्धन बाट उपमेयरकी उम्मेदवार बनेकी गिरि को हुन् ?
    images
    images
    images

    देवदह।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तिब्र रुपमा अगाडि बढीरहेको छ।चुनावमा होमिएका सबै राजनीतिक दलले प्रचारप्रसार र घरदैलो अभियानलाई तिब्र रुपमा संचालन गरिरहेका छन् ।

    देवदह नगरपालिकामा काङ्ग्रेस माओवादीको गठबन्धन बनेको छ।काङ्ग्रेस माओवादीको संयुक्त प्यानल बाट उपप्रमुख पदमा सुन्दरी गिरिले उम्मेदवारी दिएकि छिन् ।बुवा गणेश सन्यासी र आमा रेणुका सन्यासीको कोख बाट वि.स.२०३२ साल जेठ १२ गते पाल्पा जिल्लाको हेक्लाङमा जन्मिएकी गिरि २०५० सालमा वैवाहिक सम्बन्धमा बाधिएपछी देवदहको चरङ्गेमा बसोबास गर्न थालेकी हुन् ।

    images
    images
    images

    माध्यमिक शिक्षा उत्तीर्ण गरेकी गिरि २०६४ साल बाट सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् ।२०६७ सालमा चरङ्गे सरसफाई तथा उपभोक्ता समितिको अध्यक्ष बनेर कुशलता पूर्वक कार्यकाल सम्पन्न गरेकी गिरि ०६४ देखि ०७९ सम्म आइपुग्दा सम्म विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेर कार्यभार सम्हालेकी छिन ।

    २०६८ सालमा वास योजना अन्तर्गत साविक देवदह गाविसलाई 'एक घर एक शौचालय' अभियान अन्तर्गत खुल्ला दिशामुक्त क्षेत्र बनाउनका लागि सदस्यको रुपमा रहि महत्त्वपूर्ण योगदान दिएकी गिरि २०६९ देखि २०७१ सम्म साविक वडा नम्बर १० को वडा नागरिक मंचको संयोजकको भूमिकामा रहि उदाहरणिय कार्य गरेकी थिइन् ।

    सामुदायिक विद्यालय सीता माविको विद्यालय व्यवस्थापन समतिको सदस्य हुँदै देवदह नगरपालिका महिला समन्वय समिती(संजाल)मा रहि संयोजकको रुपमा रहेर समेत कार्य गरेकी थिइन् ।साना किसान कृषि सहकारी संस्थाको वडा नम्बर १० को सचीवमा रहेर काम गरेकी गिरि निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको समेत उपाध्यक्ष हुन् ।

    २०६९ सालमा चरङ्गे भूमिगत खानेपानी तथा सरसफाइ संस्थाको कोषाध्यक्ष पदमा निर्वाचित भएकी गिरि हाल सोहि संस्थाको अध्यक्ष समेत रहेर कार्यभार संचालन गरिरहेकी छिन् ।

    २०६४ मा सक्रिय राजनीतिमा प्रवेश गरे पश्चात् अखिल नेपाल महिला संघ क्रान्तिकारीको देवदह सह-इन्चार्ज हुँदै नेकपा माओवादी केन्द्रको नगर उपाध्यक्ष,अखिल नेपाल सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रिय सदस्य र पार्टीको नगर उपाध्यक्ष रहेकी छिन् ।

    छोटो समयमै कार्य कुशलता र दक्षता प्रस्तुत गर्दै सामाजिक र राजनीतिक कार्यमा फड्को मारेकी गिरिको समाज र जनताको सेवा गर्ने धित मरेको छैन।सामाजिक,राजनीतिक,शैक्षिक क्षेत्रमा जिम्मेवार पदमा रहेर कुशलता पूर्वक कार्यकाल संचालन गरेकी गिरिको देवदह नगरपालिकाको नगर उपप्रमुख बनेर समृद्द देवदह निर्माण गर्ने सपना रहेको छ।उक्त सपनालाई साकार पार्न संयुक्त गठबन्धन बाट उप-प्रमुख पदमा उम्मेदवार बनेकी गिरिले समग्र देवदह वासीलाई साथ र सहयोग गर्न अपिल समेत गरेकी छिन ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij