मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा एमालेले ५ हजार बढी मत प्राप्त गरि विजयी हुन्छ:खरेल

देवदहमा एमालेले ५ हजार बढी मत प्राप्त गरि विजयी हुन्छ:खरेल

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    देवदहमा एमालेले ५ हजार बढी मत प्राप्त गरि विजयी हुन्छ:खरेल
    images
    images
    images

    देवदह । नेकपा एमालेको जीतले मात्र देवदहलाई समृद्धि नगर बनाउन सकिने मेयरका उम्मेदवार धु्रवप्रसाद खरेलले दावी गर्नु भएको छ । देवदह नगरपालिकामा विकासको प्रचुर संभावना भएपनि विगतका निर्वाचनमा एमालेको मेयर नभएका कारण देवदहको विकास हुन नसकेको खरेलले बताउनु भयो ।

    नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदह–१, को घरदैलो अभियानको क्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । घरदैलो कार्यक्रममा बोल्दै देवदहको समानुपातिक विकासमा नेकपा एमाले निरन्तर लागिरहने दावी गर्नु भयो । उहाले सवै क्षेत्र, बर्ग र पेशा व्यवसायको समग्र विकासको लागि नगरपालिकाले लगानी गर्ने दावी गर्नु भयो । उहाले नगरको विकासको लागि भौतिक निर्माण संगै कृषि, स्वास्थ्य, शिक्षा, जिवीकोपार्जनको क्षेत्रमा समेत विकास हुन जरुरी रहेकोमा जोड दिनु भयो । नेता खरेलले गरिवी निवारणका लागि आवश्यक योजना बनाई कार्यान्वयन गर्ने बताउनु भयो ।

    images
    images
    images

     

    IMG_6694.JPG

    नेकपा एमालेको सरकारले विगतमा गरेका कामको मूल्याकन गर्दै आमनागरिकले एमालेलाई मतदान गर्ने दावी गर्नु भयो । उहाले देवदहमा ५ हजार भन्दा बढि मतले नेकपा एमालेले जित हासिल गर्ने दावी गर्नु भयो । उहाले कृषिलाई व्यवसायीकरण गरी बजारको व्यवस्थापन गरी स्वरोजागर सृजना गर्ने गरी लाग्ने बताउनु भयो । उहाले बेरोजगार युवाहरु बैदेशिक रोजगारीको लागि विदेश जानु भन्दा कृषिलाई व्यवसायीक गरी स्वरोजगार बन्नु पर्नेमा जोड दिनु भयो ।

    सोही अवसरमा बोल्दै उपप्रमुखका उम्मेदवार विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न एमाले सदैव अग्रसर रहेको बताउनु भयो । उहाले देवदह भगवान गौतम बुद्धको मावली रहेकोले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बर्दन गरी देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्ने दावी गर्नु भयो ।
    .

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij