राजनीति
देवदह।बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा माओवादी केन्द्र बाट थानेश्वर लम्सालले उम्मेदवारी दिएका छन् । वि.स.२०४६ साल भदौ १८ गते जन्मिएका लम्सालले समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।लम्सालले प्रष्ट बक्ता र जुझारु युवा ब्याक्तित्वको रुपमा पहिचान बनाएका छन् ।
२०७२ मा देवदहमा संचालन भएको पहिलो औद्योगिक मेला तथा फुड फेस्टिवलमा सचिवालय संयोजकको जिम्मेवारीमा रहि सफलता पूर्वक कार्य सम्पादन गरेका लम्सालले ३ वर्ष देवदह टेलिभिजनको सचीव र प्रबन्ध निर्देशक,२ वर्ष गुराँस मिडियाको प्रधान सम्पादक भएर काम गरिसकेका छन् ।
हाल उद्योग व्यापार संघको महासचिव र व्यास आधारभुट विद्यालयको सामाजिक परिक्षक र लेखा संयोजक समेत रहेका लम्साल स्थानीय तह निर्वाचनमा देवदह नगरपालिका वडा नम्बर ७ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । वडा अध्यक्षमा विजयी भए पश्चात् समृद्द वडा निर्माणका लागि अहोरात्र खटेर लाग्ने लम्साल बताउँछन् ।आफू सङ्ग वडाको विकास र परिवर्तनका लागि योजना रहेको बताउँदै भोट दिएर विजयी गराउन समेत लम्सालले अपिल गरेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij