देवदह।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देवदहको उपप्रमुख र वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई इ-रिक्सा व्यावसायि चालकहरुले सहयोग गर्ने भएका छन् ।
उप प्रमुख पदका उम्मेदवार प्रेम थापा मगर र वडा नम्बर ५ का उम्मेदवार बम बहादुर श्रीसलाई इ रिक्सा व्यावसायीहरुले साथ दिने निर्णय गरेको ई-रिक्सा व्यावसायि चालक संस्थाका अध्यक्ष ओम बहादुर ढेङ्गाले बताए।
२०७४ को स्थानीय तह निर्वाचनमा ई-रिक्सा व्यवस्थापन गर्ने आश्वासन आफुहरुलाई दिए पनि पाँच वर्षको अवधीमा कुनै सुनुवाइ नभएको गुनासो समेत ढेङ्गाले गर्नुभयो।ई-रिक्सा तथा अटो रिक्सा व्यवस्थापनका लागि पटकपटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै मजदुरहरुको हरेक सुखदुःखका साथी प्रेम थापा र वडा अध्यक्षका उम्मेदवार श्रीसलाई सघाउने निर्णय भएको ढेङ्गाले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij