देवदह।नेकपा माओवादी केन्द्र देवदहको स्थानीय तह निर्वाचन केन्द्रित अभियान अन्तर्गत मंगलबार देवदहका विभिन्न वडाहरुमा घर दैलो कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार देवदहको वडा नम्बर १,२,३,४,५,६,७,८,११,र १२ मा बृहत रुपमा घर दैलो अभियान सम्पन्न भएको माओवादी केन्द्र देवदहका नगर अध्यक्ष गोबिन्द बहादुर ठडराईले बताउनुभएको छ ।
देवदह नगरपालिका अन्तर्गतका वडाहरुमा वडा अध्यक्ष सदस्यहरुको उम्मेदवार सहित,पार्टीका कार्यकर्ता र शुभचिन्तकहरुको सहभागितामा माओवादी केन्द्र देवदहले घर दैलो अभियान जारी राखेको ठडराईले बताउनुभयो ।
व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेकोले समृद्द नेपाल निर्माण र जसको नीति उसकै नेतृत्व प्राप्तिका लागि माओवादी केन्द्रका उम्मेदवारलाई मत दिएर विजयी गराउन अपिल गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij