देवदह। देवदहको विकासका लागि सवै तह र तप्का संग समन्वय गरेर दीर्घकालिन योजना बनाई अगाडि बढ्ने नेकपा एमाले मेयरका उम्मेदवार धु्रवप्रसाद खरेलले बताउनु भएको छ । उहाले समृद्ध देवदह निर्माणको लागि शिक्षा, स्वास्थ्य, कृषिमा उल्लेखनीय लगानी गर्ने दावी गर्नु भयो । नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदह–२, ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता खरेलले उक्त कुरा बताउनु भएको हो ।
नेकपा एमालेको पहिलो प्राथमिकता भनेको सुकुम्वासी र अव्यवस्थित बसोवास समस्या समाधान रहेकोमा जोड दिनु भयो । उहाले देवदह क्षेत्रमा धेरै सुकुम्वासी र अव्यवस्थित बसोवास रहेकोले त्यसको व्यवस्थापनको लागि देवदह नगरपालिका निरन्तर लागिरहनेमा जोड दिनु भयो । नेता खरेलले नेकपा एमालेले देवदहवासीको शिर झुक्न नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार सृजनाका लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्ने दावी गर्नु भयो । उहाले नेकपा एमालेले सधैभरी जनताको पक्षमा काम गरीरहेको र अवका दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले ५ हजार भन्दा धेरै मत ल्याएर निर्वाचन जित्ने दावी गर्नु भयो । उहाले नेकपा एमालेको सरकारले गरेका कामको मूल्याकन गर्दै अहिले आमनागरिक एमालेको पक्षमा रहेको बताउनु भयो ।
उहाले देवदहको समग्र विकासको लागि नेकपा एमालेको जीत आवश्यक रहेको भन्दै आमनागरिकलाई एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नु भयो । उहाले नेकपा एमालेको जनमत देखेर ५ वटा दलले गठबन्धन गरेर निर्वाचनमा होमिए पनि एमालेको जित सुनिश्चित रहेको दावी गर्नु भयो । नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देवदहको १२ वटै वडामा घरदैलो अभियान संचालन भईरहेको निर्वाचन परिचालन कमिटीका संयोजक टिकाराम चापागाईले जानकारी दिनु भयो । देवदहमा नेकपा एमालेले मेयरमा धु्रवप्रसाद खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ्गलाई उम्मेदवार बनाएको छ । घरदैलो कार्यक्रममा नेता, कार्यकर्ता, शुभचिन्तक तथा आमनागरिकहरुको उत्साहजनक सहभागिता रहेको सो पार्टीले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij