बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले दोस्रो भलिबल कप जून १९ तारीक आयोजना गर्ने

स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले दोस्रो भलिबल कप जून १९ तारीक आयोजना गर्ने

images
  • 555
    SHARES

  • images
    images
    images
    स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले दोस्रो भलिबल कप जून १९ तारीक आयोजना गर्ने
    images
    images
    images

    स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले यहि २०२२  जुन १९ तारिकको दिन  दोस्रो मैत्रिपूर्ण खुल्ला  भलिबल कप प्रतियोगिता गर्ने भएको छ ।  "स्वस्थ्य जीवनका लागि खेल" भन्ने मुल नाराका साथ लामो समय सम्म कोभिड -१९ कोरोनाको कारणले अन्य कुनै पनि कार्यक्रमहरु गर्न नसकि रहेको अवस्थामा अहिले केही सहज अवस्था देखिएकोले नेपाली समुदाय, दाजुभाई तथा ददीबहिनीहरुको  सौहार्दपूर्ण भेटघाट र मिलन होस् भन्ने हेतुले सबैको आकर्षणको खेल भलिबल प्रतियोगितात्मक रुपमा  खेलाउन खोजिएको कुरा  खेल संयोजक श्री डिलेन्द्र मगरले बताउनु भएको छ । 

    कोरिया भरि बिभिन्न   पेसामा आबद्द  सम्पूर्ण खेलप्रेमी महानुभावहाँरुलाई  समेट्ने गरि प्रतियोगिताको तय गरिएको  छ।स्थान उहि प्रथम स्याङ्जा कप राखिएको   थेगु नजिकै कुजी सहरको भलिबल  खेल मैदानमा हुनेछ  । खेल टि टि प्रणालीमा नै खेलाईने छ भने बिजेतालाई नगद पुरस्कार -१५ ,००,०००  वोन नगद ,ट्रफी  सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ । तेस्तै  उपविजेतालाई १०,००,०००वोन  नगद ट्रफी   मेडल र प्रमाण पत्र प्रदान गरिने  छ । जसमा प्रवेश शुल्क ३००,०००   वोन रहने छ ।

    images
    images
    images

    प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्नको लागि स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्र र किम्हे/ बुसान शाखा तथा  थेगु आसपासमा रहेका सेल्टर,संघ संस्थाहरु, थेगु नेपाली मन्चमा आबद्द सँस्थाहरु  एबम् नजिकै रहेका हाम्रा हितैषी संस्था  परोपकार समाज कुजी बाट विशेष साथ सहयोग, सहभागिता हुने कुरमा  विश्वस्त विश्वस्त रहेको अध्यक्ष मित्र मगरले जानकारी दिनु भएको छ ।  यो क्षेत्रमा रहेका अन्य ब्यावसायी ,   संघ संस्था तथा बुद्धिजीवी समाजसेवी मानुभावहरुलाई भलिबल कार्यक्रम भव्य रूपमा  सफल पारिदिनु हुन  पनि आयोजक सँस्थाको तर्फ बाट हार्दीक अनुरोध गरिएको  छ।

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, बैशाख २१ २०७९०९:२७:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij