देवदह। देवदह नगरपालिका ५ बाट वडा अध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका बम बहादुर श्रीसले घर दैलो तथा प्रचार प्रसार अभियान तिब्र रुपमा अघि बढाएका छन्।समृद्द वडा निर्माण र जनताको सेवाको लागि आफ्नो उम्मेदवारी रहेको भन्दै श्रीसले खरायो चिन्हमा मत दिएर विजयी गराउन समेत अपिल गरेका छन्।
घर दैलो अभियान अन्तर्गत आज वैकुण्ठ नगर, माथागढी टोल ,सगरमाथा टोल ,नयाँ बस्ती टोल ,ज्योति नगर टोल,नमुना हरियाली टोल ,आदर्श टोल दुर्गा नगर टोल र एकता टोलमा प्रचार प्रसार कार्यक्रम गरिएको उम्मेदवार श्रीसले बताए।
घर दैलोको क्रममा मतदाता बाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै श्रीसले निस्वार्थ रुपमा जनताको सेवा गर्ने चाहना रहेको र सम्पूर्ण मतदातालाई आफुलाई विजयी गराउन समेत श्रीसले अपिल गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij