देवदह। देवदहको भूमि सम्वन्धी समस्या समाधान गर्न नेकपा एमाले निरन्तर लागि रहने नेकपा एमालेका मेयरका उम्मेदवार धुब्र प्रसाद खरेलले दावी गर्नु भएको छ । उहाले देवदह नगरपालिका अधिकाश बसोवास एैलानी, राष्ट्रिय आवास कम्पनी, जमिन्दारी, छुटकित्ता आकडा लगायतका समस्या समाधान गर्न लागि रहने बताउनु भयो । उहाले भूमिको समस्या समाधान गर्नको लागि स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नु भयो ।
नेकपा एमाले देवदह–३, ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेता खरेलले देवदह क्षेत्रका अधिकाश जमिन अव्यवस्थित रहेकोले अव्यवस्थितलाई व्यवस्थित गर्नको लागि एमाले निरन्तर लाग्नेमा जोड दिनु भयो । उहाले नेकपा एमाले सरकारले अगाडि सारेको नागरिकलाई लालपुर्जा प्रदान गर्ने गरी राष्ट्रिय भूमि आयोग गठन गरी काम गरेपनि परमादेश सरकारले खारेज गरेर जनतालाई धोका दिएको बताउनु भयो । उहाले नेकपा एमालेको दवावको कारण पुनः आयोग गठन गरेको दावी गर्नु भयो । उहाले नेकपा एमालेको पहिलो प्राथमिकता भनेको सुकुम्वासी र अव्यवस्थित बसोवास व्यवस्थित गर्ने रहेको बताउदै यस कार्यको लागि देवदहमा एमालेलाई विजय गराउनु पर्नेमा जोड दिनु भयो ।
नेता खरेलले देवदह नगरपालिकामा हुने योजना तथा बजेट बाडफाडमा समानुपातिक हिसावले काम गर्ने दावी गर्नु भयो । उहाले भौतिक विकासको हिसावले पछि परेको क्षेत्रह?मा विशेष बजेटको व्यवस्था गरेर विकास निर्माणको कामलाई प्रामिकता दिनेमा जोड दिनु भयो । उहाले हरेक बर्षको बजेट निर्माण गर्नु भन्दा अगाडि नागरिकह?को राय सल्लाह माग गर्ने र सोही अनुसार योजना निर्माण गर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै उपप्रमुखका उम्मेदवार विद्यालक्ष्मी गुरुङ्गले नेकपा एमालेको मुख्य काम शुसासन कायम गर्नु रहेको बताउनु भयो । उहाले शुसासनले समतामुलक समाज निर्माण गर्न सकिने हुदा एमालेले शुसासनलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो ।
नेकपा एमालेका नेता प्रकाश अर्यालले प्रमुख नहुदा विगतमा एमालेले अगाडि सारेको प्रतिवद्धता कार्यान्वयन गर्न नसकिएको दावी गर्नु भयो । उहाले आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गर्नु भयो । नेकपा एमाले देवदहले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नगरको १२ वटै वडामा घरदैलो अभियानलाई तिव्रता दिएको नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईले जानारी दिनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij