बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

मेयर उपमेयरका उम्मेदवारहरु भन्छन:भ्रष्टाचार, बेथिति र अनियमितकाको अन्त्य गर्छौ

मेयर उपमेयरका उम्मेदवारहरु भन्छन:भ्रष्टाचार, बेथिति र अनियमितकाको अन्त्य गर्छौ

images
  • 634
    SHARES

  • images
    images
    images
    मेयर उपमेयरका उम्मेदवारहरु भन्छन:भ्रष्टाचार, बेथिति र अनियमितकाको अन्त्य गर्छौ
    images
    images
    images

    देवदह । देवदह नगरपालिकाको प्रमुख र उपप्रमुखका पदका उम्मेदवारहरूले आफुले भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जनाएका छन् । बिहीवार देवदहमा नागरिक समाज देवदह र देवदह प्रेस क्लबले आयोजना गरेको नागरिक प्रतिबद्धता सहितको खुल्ला बहस कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवारहरूले भ्रष्टाचार नगर्ने र हुनपनि नदिने बताएका हुन् ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट नगरप्रमुख पदका उम्मेदवार हिरा बहादुर खत्रीले आफुले आजसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भोलि पनि नगर्ने बताए । निवर्तमान नगरप्रमुख समेत रहेका खत्रीले आफ्नो पाँच बर्षेकार्यकालमा नगरलाई आवश्यक पर्ने भौतिक संरचना, कानुन र अन्य महत्त्वपूर्ण नितिगत काम सम्पन्न भएको उल्लेख गर्दै विकासको बाटोमा देवदह प्रवेश गरिसकेको उल्लेख गरे । गठबन्धनले अघि सारेको प्रतिबद्धता पत्र अनुसार काम गर्न आफू र आफ्नो टिमले विजयी प्राप्त गर्नुपर्नेमा जोड दिए  ।

    images
    images
    images

    त्यसैगरी प्रमुख पदका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका ध्रुब प्रसाद खरेलले भ्रष्टाचारको अन्त्यका लागि आफुले काम गर्ने बताए । देवदहको विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको र विजयी भएपछि घोषणा पत्र अनुसारका काम गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

    त्यसैगरी प्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका युवा उम्मेदवार छवि भट्टराईले आफू निर्वाचित भए तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उल्लेख गर्दै सबैखालका भ्रष्टाचारको अन्त्यको लागि आफुले उम्मेदवारी दिएको बताए ।

    कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदका उम्मेदवार माधव प्रसाद रिमालले भ्रष्टाचारमुक्त देवदह बनाई सुशासनको प्रत्याभूति दिलाउने काममा राप्रपाले कुनै कसर नराख्ने बताउँदै नगरमा राप्रपाको उपस्थिती  अनिवार्य भएको धारण राखे ।

    कार्यक्रममा बोल्दै नगरप्रमुखका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दिएका डम्बरबहादुर थापाले जनमुक्ति पार्टीले जितेको स्थानमा अहिले पनि तीब्र विकास भएको उल्लेख गर्दै देवदहमा जनमुक्तिले जित्नुपर्नेमा जोड दिए ।

    त्यसैगरी एमालेबाट उपमेयरको उम्मेदवार रहेकी विद्यालक्ष्मी गुरुङ तथा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उप-मेयरको उम्मेदवार रहेकी सुन्दरी गिरी र उपमेयर पदका स्वतन्त्र उम्मेदवार प्रेम थापाले देवदहको दिगो विकासको लागि आफुहरूले काम गर्नेमा जोड दिए ।

    कार्यक्रममा विषयगत रुपमा प्रश्न गर्दै आ-आफ्नो क्षेत्रमा दख्खल राख्ने प्रश्नकर्ताहरू कलाकार तेजु अर्याल, अडिटर सिपि बस्याल, देवदहको पर्यटन क्षेत्रमा लामो समय देखि काम गरेका सिद्दिचरण भट्टराई, भाषा तथा संस्कृतिमा सरोकार राख्ने भिम गुरुङ, साहित्यकार यज्ञ न्यौपाने, कृषि र सुशासनमा कलम चलाउने पत्रकार त्रिलोचन दाहाल, व्यवसायीक कृषक गणेश बस्याल, स्वास्थ्य क्षेत्रमा काम गरिरहेका डा. सुन्दर पाण्डे, तथा अष्ट्रेलिया र अमेरिकाबाट समेत मन्दिप अधिकारी र कमल प्रसाद चापागाईंले देवदहको समग्र विकासको बारेमा उम्मेदवारहरूसंग प्रश्न गरेका थिए ।

    नागरिक समाज देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षामा सम्पन्न कार्यक्रममा देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले धन्यवाद ज्ञापन राखेका थिए । कार्यक्रमको संचालन प्रेस क्लबका उपाध्यक्ष सुशील सापकोटाले गरेका थिए ।

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, बैशाख २२ २०७९०८:३६:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij