देवदह । भ्रष्टचार मुक्त गरी देवदहलाई समृद्धि नगर निर्माण गर्न नेकपा एमालेलाई जित्न आवश्यक रहेको मेयरका उम्मेदवार धु्रवप्रसाद खरेलले बताउनु भएको छ । उहाले देवदहमा रहेका विकृति विसंगति अन्त्य गर्दै शुसासनयुक्त नगर निर्माणको आफु प्रतिवद्ध भएर लाग्नेमा जोड दिनु भयो । आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले देवदह–५, ले आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । मेयरका उम्मेदवार खरेलले आमनागरिकको सल्लाह र सुझाव अनुसार नगरपालिकाको योजना छनोट गरेर कार्यान्वयन गर्नेमा जोड दिनु भयो । उहाले सहकार्यले मात्र दीगो विकास हुन्छ भन्ने कुराको आत्मसाथ गर्दै नागरिकको सmुझावाई शिरोधार गर्ने बताउनु भयो । उहाले देवदहलाई पर्यटकीय थलोको रुपमा विकास गरी लुम्विनीमा आउने पर्यटकलाई देवदहमा ल्याउने वातावरण तयार गर्ने बताउनु भयो ।
देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने मात्र यहाका नागरिकको आर्थिक अवस्था सुधार गर्न सकिनेमा जोड दिनु भयो । उहाले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पुरा गर्न निरन्तर लागि रहने बताउनु भयो । नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएका नेता खरेलले पार्टीको निर्देशन अनुसार नागरिकको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाले नेकपा एमालेले नागरिकको पक्षमा गरेका असल कामको कारण आफुले धेरै ठुलो अन्तरले जित हासिल गर्ने दावी गर्नु भयो । आम देवदह वासीको समस्या समाधान गर्न सक्ने र बहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्न आम नागरक संग आग्रह गर्नु भयो ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले देवदहका अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक टिकाराम चापागाईले नेकपा एमालेको नीति तथा कार्यक्रम नागरिकको समृद्धि संग जोडिएकोले एमालेलाई मतदान गर्नु पर्नेमा जोड दिनु भयो । उहाले नेकपा एमालेले जित हासिल गर्दा नागरिक प्रति जिम्मेवार भएर लाग्ने बताउनु भयो । उहाले माध्यमिक विद्यालय सम्मको लागि निशुल्क शिक्षा, स्वास्थ्य पहुँचको लागि नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरेर जिताउनु पर्नेमा जोड दिनु भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij