बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

विकासका पर्यावाची यकु सुनार:जसले पाँच वर्षमा वडा नम्बर १० लाई नमूना वडा बनाए

विकासका पर्यावाची यकु सुनार:जसले पाँच वर्षमा वडा नम्बर १० लाई नमूना वडा बनाए

images
  • 634
    SHARES

  • images
    images
    images
    विकासका पर्यावाची यकु सुनार:जसले पाँच वर्षमा वडा नम्बर १० लाई नमूना वडा बनाए
    images
    images
    images

    देवदह।स्थानीय तह निर्वाचन भएको पाँच वर्ष बितिसकेको छ।अब मेयर उपमेयर देखि वडा अध्यक्ष चयनका लागि बैशाख ३० गते निर्वाचन हुँदैछ।देवदह नगरपालिकामा पनि मेयर,उपमेयर सहित केही वडामा पुरानै अनुहार दोहोरिएका छन् ।

    देवदह १० मा यस अघिको निर्वाचनमा विजयी भएका यक बहादुर सुनार पुनः वडा अध्यक्षको उम्मेदवारमा दोहोरिएका छन् ।२०७४ को निर्वाचनमा झन्डै ४ सय मतान्तरले विजयी भएका सुनारले पाँच वर्षको अवधीमा वडामा थुप्रै सम्झन लायक कामहरु गरेका छन् ।

    images
    images
    images

    पाँच वर्षको अवधीमा १० किलोमीटर सडक स्तरीय पिच,१० किलोमीटर सडक ग्राभेल,२ वटा पुल निर्माणले सर्वसाधारणलाई आवतजावत गर्न सहज बनेको छ।प्रदेश सरकारको बजेट र वडाको सक्रियतामा लड्याबास देखि बुटवल शिबनगर जोड्ने पुल निर्माणले सर्वसाधारणलाई सहज भएको छ।त्यसै गरि चरङ्गे त्रीशुली देखि मुढाबास जोड्ने पुल निर्माणाधीन अवस्थामा छ।

    बुद्द टोल बाट पाल्पाली टोल सडक निर्माणका लागि ५० लाख बजेट बिनियोजन भएको छ भने चरङ्गेको रम्भादेवी टोल देखि दलदले मुढाबास हुँदै चरङ्गे जोड्ने रिङ्ग रोड निर्माण गरि मुढाबासमा नाली सहितको स्तरीय सडक समेत निर्माण भएको छ।

    No description available.

    चरङ्गे निमचोक देखि मिलनचोक सम्म सौन्दर्य बढाउनका लागि इन्टरलक सहितको फुटपाथ समेत निर्माण भएको छ।त्यसले बडलिएको छ भनेर महसुस गर्न सकिन्छ।

    शिक्षा तर्फ पनि देवदह १० मा उल्लेखनीय प्रगती भएको छ।देवदह भलुहीको जनप्रीय मावीमा ५६ लाखको बजेटमा इन्टरलक ब्लक बिछ्याउने काम सम्पन्न भएको छ।सीता मावी चरङ्गेमा १६ कोठे ३ वटा भवन निर्माण सम्पन्न भएको छ।त्यसै गरि बिद्यालयको बस खरिद गर्नका लागि वडाले १३ लाख १० हजार बिनियोजन समेत गरेको छ।

    No description available.

    लागू औषधको लत हटाई युवाहरूलाई खेलमा आकर्षित गर्नका लागि युवा लक्ष्यित खेलकुदका कार्यक्रम साथै महिलाका लागि सिप विकास तालिमहरु पनि यो अवधीमा सम्पन्न भएका छन।

    पर्यटकीय क्षेत्रको विकासका रुपमा होटेल व्यावसाय बढेको छ।दलदले र मुढाबासमा आन्तरिक पर्यटक आउने संख्यामा बृद्दी भएको छ।

    शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य काम भए पनि विशेष गरि सडक निर्माणलेनै चरङ्गेको मुहार फेरिएको छ।अब आफुले ल्याएका योजनाहरु पूरा गर्न र वडालाई समृद्द बनाउन पुनः उम्मेदवारी दिएको सुनार बताउछन् ।

    सबै भन्दा धेरै अव्यवस्थित र सुकुम्बासी क्षेत्र रहेको देवदह १० मा लागत संकलन र भूमिहीन सुकुम्बासी,दलित र अव्यवस्थित बसोबासीको पहिचानको काम भैसकेको र लालपुर्जा वितरणका लागि प्रक्रिया अगाडि बढिरहेको छ।

    आम वडावासी मतदातालाई समृद्द वडा निर्माण र विकास निर्माणका कामको निरन्तरताका लागि आफुलाई विजयी गराउन सुनारले अपिल समेत गरेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij