देवदह । देवदह नगरपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार धुब्र खरेलले सुन्दर देवदह र बिकसित देवदहको निर्माणका लागि नेकपा एमालेका उम्मेदवारहरुको बिजय आवश्यक रहेको बताएका छन्।
शुसासन र समृद्धि समाजवादको आधार देवदहमा नेकपा एमालेको सरकार भन्ने अगाडी बढेको एमालेको जितबाट मात्रै देवदहको समृद्धि सम्भव हुने तथा आफुले निर्वाचनका क्रममा मतदातासंग राखेका प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुनै कन्जुस्याई नगर्ने बताए।
एमाले संग मात्रै देश बिकासको स्पष्ट दृष्टीकोण छ सोही अनुसार देवदहको समृद्धि को योजना लिएर हामी निर्वाचनमा होमीएका छौं त्यो योजना सफल बनाउन पनि एमालेको जित आबश्यक छ। खरेलले भने।
देवदहमा रहेका पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको बिकास प्रर्वधन र प्रचार प्रसारको योजनाका तिनिहरुको संरक्षण गर्ने कार्यकार्यका लागि नेकपा एमालेले जित्नु पर्ने आबश्यकता रहेको बताए।
नेकपा एमाले देवदह निर्वाचन परिचालन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले देवदहमा लामो समयदेखिख समस्याको रुपमा रहेको भुमिहिन, अब्यवस्थीत बासोवास र लालपुर्जा बिहिनहरुको समस्या समाधान गर्ने काममा योजनाबद्ध ढंगले लाग्ने प्रतिबद्धता जनाए ।
खरेलले नगरभित्रका बालबालिकाहरुलाई बिद्यालयको पहुंचमा पुर्याउने, आगामी ५ बर्ष भित्र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार आवश्यक पुर्वाधारहरु तयार गर्ने योजना पत्रकार सम्मेलनमा सुनाए।
उनले देवदह आदर्श बहुमुखी क्याम्पसको भौतिक स्तर बृद्धी गरी अनुुसन्धान केन्द्रको रुपमा बिकास गर्ने एक बिद्यालय एक स्वास्थ्यकर्मी र एक शिक्षक एक ल्यापटपको ब्यवस्था मिलाउने जस्ता कार्यक्रम अगाडी सार्दै एमालेले नगरको समग्र बजेटको २० प्रतिसत शिक्षामा लगाउने योजना बनाएको छ।
त्यसैगरी प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गरी कृषि उत्पादनमा जोड दिने बिशेषताका आधारमा कृषि तथा पशुपन्छी पकेट जोन माटोको परिक्षण गरी माटो अनुकुलकोख उत्पादनलाई प्रोत्साहन कार्यक्रम सन्चालन गर्ने कृर्षिको यन्त्रीकरण र कृषि उपजको बजारीकरण गर्ने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ।
सडक तथा पुर्वाधारहरुको निर्माण र देवदह (चक्रपथ) निर्माणका लागि सम्भाब्यता अध्यायन र त्यसको कार्यान्वयन गर्ने खरेलले पत्रकार सम्मेलनमा खरेलले आफ्नो धेय रहेको बताए।
उनले एसईई उच्च शिक्षामा नजोडिएका युवाहरुलाई रुचिका अधारमा प्राविधीक शिक्षाको प्रवन्ध र बैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि शिपमुलक तालिम र लघुउद्यम र उद्यमशिलतको बिकास गर्ने योजना एमालेको रहेको बताए छ।
खरेलले स्थानीय भाषा संस्कृतीको संरक्षण गरी मौलीक संस्कृतीको प्रवद्र्धन स्थानीय मेला पर्व र जात्रालाई बिशेष महत्व दिई देवदह प्रज्ञाप्रतिष्ठानको भवन निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए।
खरेलले देवदहलाई सुचनाको हक प्रत्याभुत हुने गरी नागरीकले सुचना पाउने र सन्चार माध्यमको बिकासका लागि आबश्यक कार्यक्रम तय गरिने बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij