देवदह।रुपन्देहीको देवदह नगरपालिका ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका तोलराज विकले आफुले उम्मेदवारी फिर्ता नलिएको बताएका छ्न। बाहिर उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवारलाई सघाएको भन्ने अफबाह फैलिए पनि आफू चुनावी मैदानमा प्रवेश गरिसकेको र विजयी हुने समेत विकले दावी गरेका छन् । जनताको सेवा गर्न पार्टीमै बस्नुपर्छ भन्ने नरहेको र स्वतन्त्र रुपमा रहेर पनि जनताको सेवा गर्न सकिने उल्लेख गर्दै विकले एक पटक विश्वास गरेर मत दिन समेत अपिल गर्नुभएको छ। लामो समय एमालेमा रहेर राजनीतिमा सक्रिय रहेका विकलाई पार्टीले वडा अध्यक्षको टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij