वैशाख २९, देवदह। वैशाख ३० गते अर्थात भोली हुने स्थानीय तहको निर्वाचनको लागि देवदहमा सम्पूर्ण तयारी लगभग पुरा भएको निर्वाचन अधिकृतको कार्यालय देवदहले जनाएको छ ।
भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी रमेश गिरिले जानकारी दिएका छन् गिरिका अनुसार मतपत्र,छेकबार,मत पेटिका लगायत निर्वाचन सम्पन्न गर्नका लागि चाहिने सबै सामाग्री मतदान स्थल पुगिसकेको जनाएका छन।
बैशाख २८ र २९ गते परिचय पत्र वितरण भएको जानकारी गराउँदै मतदाता लिस्टमा नाम भएर परिचय पत्र छुटेको वा हराएको खण्डमा पनि परिचय खुल्ने कागजातले भोट राख्न पाइने तर लिस्टमा नाम नभएको खण्डमा भने मतदान गर्न नपाइने गिरिले बताए।
नगरमा निर्वाचनलाई लक्षित गर्दै हालसम्म कुनै अप्रिय घटना नभएको उल्लेख गर्दै मंगलबारदेखि नै सम्पूर्ण बुथहरुमा सुरक्षा व्यवस्था कडा पारिएको मतदान अधिकृत बिष्णु प्रसाद आचार्यले बताए।
देवदह नगरपालिकामा कुल ४८ हजार २९१ मतदाता मध्य २५ हजार ३१ जना महिला,२३ हजार २५९ जना पुरुष र १ जना अन्य रहेका छन् ।
१३ वटा निर्वाचन केन्द्र तोकिएको नगरमा १२ वटा वडा रहेका छन् ।वडा नम्बर १ मा सरस्वती मावी,वडा नम्बर २ मा भबिस्य निर्माण मावी,वडा नम्बर ३ मा कोटही आधारभुत विद्यालय,वडा नम्बर ४ मा महामाया भवानी मावी,वडा नम्बर ५ मा केरवानी मावी,वडा नम्बर ६ मा युग ज्योति मावी,वडा नम्बर ७ मा देवदह मावी,वडा नम्बर ८ मा जनता माबी बङ्गाली,वडा नम्बर ९ मा सन्दीप आधारभूत विद्यालय,वडा नम्बर १० मा सीता मावी चरङ्गे,वडा नम्बर ११ मा शंकर आधारभूत र प्रगती मावी र वडा नम्बर १२ मा सिक्टहन मावी गरि ५४ वटा मतदान केन्द्र तोकिएको छ।
देवदहमा ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ। भोलि बिहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म मतदान हुनेछ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij