स्याङ्जा ।स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो । मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन । दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत हुन सकेको छैन। घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij