सैनामैना।रुपन्देहीको सैनामैना नगरपालिकामा संयुक्त गठबन्धनले विजयी सुरुवात गरेको छ । सैनामैना वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका भुवन क्षेत्री वडाध्यक्ष पदमा २३ सय ९१ मतसहित विजयी भएका छन् । वडामा क्षेत्रीसहित गठबन्धनको प्यानलनै विजयी भएको छ । क्षेत्री २२२ मतको अन्तरले विजयी भएका हुन् ।उनका निकटम प्रतिद्दन्दी एमालेका केयर सिंह गलामीले २१ सय६९ मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा ५ हजार ८० मत खसेको थियो । जस मध्य ६९ मत बदर भएको छ । विजयी हुने महिला सदस्यमा धनमन्त्री थारु, दलित महिला सदस्यमा मञ्जु परियार,खुल्ला सदस्यहरुमा नर बहादुर सुनार र रमाकान्त शर्मा काफ्ले रहेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij