दोभान । पाल्पाको तिनाउँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ९० मत ल्याएर विजयी भए भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४६६ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापा निर्वाचित भएका छन् । थापाले पाँच हजार ८२ मत प्राप्त गरेकोमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले चार हजार ६५ मत प्राप्त गरिन् । वडा नं १ को वडा अध्यक्षमा नेकपा एमालेका भुवानसिंह चिदी, वडा नं २ मा एमालेकै यादव अर्याल, वडा नं ३ मा कांग्रेसका चित्रबहादुर थापा, वडा नं ४ मा एमालेका तुलबहादुर आले, वडा नं ५ मा एमालेकै इन्द्रा चिदी र वडा नं मा ६ कांग्रेसका टोमबहादुर पुन विजयी भएका छन् । तिनाउँमा कुल १० हजार ३१६ मत खसेको थियो । यहाँ २०७४ को निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij