देवदह। देशभर बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना जारि छ। केहि पालिकाहरुको नतिजा सार्वजनिक भैसकेको छ केहि पालिकाको भने नतिजा आउने क्रम जारि छ।
देवदहमा यो समाचार तयार पर्दा सम्म १८ हजार मतगणना सकिएको छ। कुल खसेको ३६०२० मत मध्ये १८ हजार मत गणना सकिएको हो। १८ हजार मत गणना गर्दा नगर प्रमुख पदमा नेकपा एमालका धुब्र प्रसाद खरेलले ५९९६ मत प्राप्त गरि पहिलो स्थानमा रहेका छन्। खरेललाई संयुक्त गठबन्धन बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका हिरा बहादुर खत्रीले ५६९७ मत सहित पछ्याएका छन्। त्यसै गरि राप्रपाका मेयर पदका उम्मेदवार माधब रिमालले २४१४ मत प्राप्त गरेका छन्। खसेको मतको ५० प्रतिशत मत गणना गर्दा खरेल र खत्री बीचको मतान्तर २९९ रहेको छ।
नतिजा आएका ४ वार्ड मध्ये नेपाली कांग्रेसले ३ वटामा जित हासिल गरेको छ। नेपाली कांग्रेसले वडा नम्बर १,३ र ४ मा विजयी भएको हो। २ भने एमालेले जितेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij