देवदह।रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ५ को वडा अध्यक्षमा गणेश डुम्रे सहितको प्यानलनै विजयी भएको छ। नेकपा एमाले बाट वडा अध्यक्षको उम्मेदवार बनेका डुम्रेले १३८९ मत प्राप्त गरि विजयी बनेका हुन् ।निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस बाट उम्मेदवार बनेका केशव पराजुलिले १०४९ मत प्राप्त गरेका छन् ।
त्यसै गरि खरायो चुनाव चिन्ह लिएर स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएका बम बहादुर श्रीसले ४७४ मत प्राप्त गरेका छ्न ।पुतली चुनाव चिन्ह लिएर अध्यक्षको स्वतन्त्र उम्मेदवार बनेका तोलराज विकले १२३ मत प्राप्त गरेका छन् ।
निर्वाचित भएका महिला सदस्य बिमला देवि दर्लामीले १६३१ दलित महिला सदस्य सङ्गिता विकले १५६७ खुल्ला सदस्य सावित्रा पौडेलले १४९८ र खुल्ला सदस्य होमनाथ भट्टराईले १५०७ मत प्राप्त गरेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij