देवदह । देवदह १० मा नेपाली कांग्रेसका यक बहादुर सुनारको प्यानल विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले एमालेका मन कुमार कनौजेको प्यानललाई पराजित गर्दै विजय हासिल गरेको हो ।
वडाध्यक्षमा यक बहादुर सुनार २१५६ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी कनौजेले १७८० मत प्राप्त गरेका छन् । त्यसै गरि महिला सदस्यमा रेनुका आले मगर,दलित महिला सदस्यमा कमला दर्जी,अमर लामिछाने र भबिलाल थापा खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij