बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह ९ को वडाअध्यक्षमा नेपाली काङ्ग्रेसका जिसि निर्वाचित

देवदह ९ को वडाअध्यक्षमा नेपाली काङ्ग्रेसका जिसि निर्वाचित

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    देवदह ९ को वडाअध्यक्षमा नेपाली काङ्ग्रेसका जिसि निर्वाचित
    images
    images
    images

    देवदह । देवदह नगरपालिकाको वडा नम्बर ९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बहादुर जिसी निर्वाचित भएका छन् । उनले १४०९ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका केशब प्रसाद भट्टराईले १३१३ मत प्राप्त गरेका छन् ।

    महिला सदस्यमा एमालेकी देवी अधिकारीलाई पराजित गर्दै कांग्रेसकै कृष्ण माया राना विजयी भएकी छन् । रानाले १३६३ मत प्राप्त गरेकी छन् । दलित महिला सदस्यमा लक्ष्मी विक विजयी भएकी छन् । उनले १३३२ सहित गठबन्धनका शोभा विकलाई पराजित गरेकी हुन् । त्यसैगरी खुल्ला सदस्यमा कांग्रेसका चमकान्त गौडेल विजयी भएका छन् । उनले १२७९ मत ल्याएर एमालेका खैराज शर्मालाई पराजित गरेका हुन् ।

    images
    images
    images

    अर्का खुल्ला सदस्यमा माओवादी केन्द्रका डोलराज न्यौपाने विजयी भएका छन् । न्यौपानेले १३५३ मत सहित एमालेका राम विश्वकर्मालाई पराजित गरेका हुन । न्यौपाने माओवादी केन्द्रका भएपनि गठबन्धन बनाएर रुख चिन्हमा चुनाव लडेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, जेठ ४ २०७९०३:१३:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij