बुटवल । रुपन्देहीको देवदहकी पवित्रा पौडेल जैसी ६ दिनदेखि सम्पर्क विहिन भएकी छिन् । देवदह - ५ की २८ वर्षीया जैसी जेठ ४ गतेदेखि सम्पर्क विहिन भएकी हुन्। बिहान ८:३० बजे घरबाट भैरहवा काम गर्न जान्छु भनी हिडेकी जैसी हाल सम्म परिवारको सम्पर्कमा नआएको उनका जेठाजु किरण भण्डारीले बताए ।
‘विगत २ वर्षदेखि भैरहवा स्थित हाइटेक कम्पनीमा काम गर्न जान्छु भन्दै घरबाट जाने आउने गरेकी थिइन् । जेठ ४ गते पनि अफिस काम गर्न जान्छु भनेर बिहान ९ बजे तिर घरबाट हिडेकी हुन् । त्यस पछि अहिलेसम्म परिवारसँग सम्पर्क भएको छैन।’-उनका जेठाजु भण्डारीले भने । घरमा झगडा पनि भएको छैन,लेनदेनको कारण केहि विबाद भए पनि अन्यथा केहि भएको होइन भण्डारीले भने।
उता युवतीका बुवा दुर्गा जैसीले बैशाखको अन्तिम तिर भाई लाई लिन पठाई माइत तिलोत्तमा ल्याएको बताए। जेठ १ गते घर पठाएको र ४ गते देखि छोरी सम्पर्क बिहिन भएको युवतीका पिता जैसी बताउछन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij