देवदह। रुपन्देहीको देवदह ९ भलुहिमा १ क्विन्टल भन्दा बढी गाजा नष्ट गरिएको छ। भलुही स्थित देवदह मेडिकल कलेज पछाडीको बस्ती नजिकै रहेको खेती लगाउने करिव १० कठ्ठा जमिनमा आफै उम्रेको गाँजा सोमबार देवदह ९ का वडा अध्यक्ष मोहन जिसी,देवदह चौकीका असई प्रविन राना,सहायक हवल्दार नारायण यादव,वडा सदस्य कृष्णमाया राना समाज सेवी टेक बहादुर वि.क,बनदेवि आमा समुह र प्रगतिशील आमा समुहको सहकार्यमा संकलन गरेर नष्ट गरिएको हो।

देवदह क्षेत्र लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गरेको र युवाहरु गाँजाको लतमा लागेका कारण दुर्व्यसनी मुक्त भलुही नगर बनाउनका लागि प्रहरी र स्थानीय संगको सहकार्यमा गाँजा नष्ट गरिएको नव निर्वाचित वडा अध्यक्ष जिसीले बताउनु भयो।

गाँजालाई केही स्थानीय युवाहरुले लागु औषधको रुपमा प्रयोग गर्दै आएपछि स्थानीयको सक्रियतामा उक्त गाँजाँ नष्ट गरिएको प्रहरी चौकी भलुहिका इन्चार्ज प्रविन रानाले बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij