बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तारा एअरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो : वायुसेवा सञ्चालक संघ

तारा एअरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो : वायुसेवा सञ्चालक संघ

images
  • 620
    SHARES

  • images
    images
    images
    तारा एअरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो : वायुसेवा सञ्चालक संघ
    images
    images
    images

    काठमाडौं । तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे। 

    ‘मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,’ कँडेलले भने, ‘मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ।’

    images
    images
    images

    तारा एअरको ९/एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए।

    विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो।

     

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, जेठ १५ २०७९०१:०८:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij