बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नवनिर्वाचित जनप्रतिनिधिलाई बुटवल उपमहानगरपालिकामा स्वागत

नवनिर्वाचित जनप्रतिनिधिलाई बुटवल उपमहानगरपालिकामा स्वागत

images
  • 542
    SHARES

  • images
    images
    images
    नवनिर्वाचित जनप्रतिनिधिलाई बुटवल उपमहानगरपालिकामा स्वागत
    images
    images
    images

    बुटवल। गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट बुटवल उपमहानगरपालिका  निर्वाचित नगर प्रमुख, उप प्रमुख, नगर कार्यपालिका सदस्य तथा सम्पूर्ण नगर सभा सदस्यहरुलाई देशभरिका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको जेठो तथा साझा पेशागत संगठन नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाई समिति बुटवलले शुक्रबार स्वागत गरेको छ । उक्त कार्यक्रम इकाई समिति बुटवलका अध्यक्ष अनिल कुमार माण्डव्यको अध्यक्षता तथा नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    285628303_3104309973216948_4431926513562334199_n.jpg

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले कर्मचारी र जनप्रतिनिधिहरु एक अर्कोका प्रतिस्पर्धि नभइ परिपुरक भएको बताए। बुटवललाइ मुलुक कै उत्कृष्ट शहर बनाउन सबै मिलेर काम गर्नु पर्ने धारणा राखे ।

    संगठनका सचिव रेश्मीराज घिमिरेद्वारा संचालित सो कार्यक्रममा विशिष्ट अतिथी उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, एशोसिएसनका निवर्तमान अध्यक्ष एवं छैठौं केन्द्रीय महाधिवेशन सचिव सितु प्रसाद श्रेष्ठ, बडा न ५ का अध्यक्ष हरि प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

    संगठनका उपाध्यक्ष दिनेशकाजी बज्राचार्यको स्वागतबाट शुरुवात् गरिएको सो कार्यक्रममा बुटवल उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण शाखा महाशाखा प्रमुखहरु लगायत सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij