रोहिणी । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ । बसमा ३३ जना सवार रहेको बसमा २३ जना घाइते यात्रुको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनामा मृतकको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने हुन सकेको छैन ।
घटनास्थल रोहिणी गाउँपालिका –४ र ओमसतिया गाउँपालिका -४ को सीमा क्षेत्र हो । तस्बीरमा बस पुलमुनी खसेको देख्न सकिन्छ । बसको अगाडिको भाग पूरै क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धेरैजसो घाइतेहरुको उद्धार गरेर भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज लगिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij