परासी । पश्चिम नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चलेको छ । प्रहरीका अनुसार सोमबार सरावल गाउँपालिका–४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेका हुन् । पेस्तोलबाट दुई गोली प्रहार भएको तर कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । अंश मुद्दाको मिलापत्रका गएकी रोशनी यादवलाई लक्षित गरेर हर्षरामले गोली चलाएको बताइएको छ ।काका पछि सम्पत्तिको हकदार काकी मात्रै भएकोले काकीको हत्या गरेर सम्पत्ति हत्याउने उदेश्यले गोलि प्रहार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। गोली प्रहार गरेर फरार हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो अदालत परिसरमा गोली चलेपछि स्थानीय त्रसित बनेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij