२०७९ जेष्ठ २४। समाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले १०५ औ सहयोग रकम हस्तांतरण गरेको छ ।
रोल्पा जिल्ला मादी १ भीताबांग का नरेश पून मगर र बीमा पून मगरको १८ महीनाको छोरि दियानी पुन मगरलाई मगर संसारको पहलमा संकलित रु.२१,४९८ /- आर्थिक सहयोग गरेको हो ।
मृगौलामा क्यान्सर भई कलिलो उमेर मै पिडित बनेकी १८ महीने दियानी पून मगर हाल मा उपचार गर्दै छीन।
घरको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचार गर्न निकै समस्या परेपछि मगर संसारको माध्यमबाट संकलन गरी सहयोग रकम पठाएको मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij