मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

न्यू लुम्बिनी र सुनगाभालाई एन.प्याब्सन जिल्ला स्तरिय चित्रकला प्रतियोगिताको उपाधि

न्यू लुम्बिनी र सुनगाभालाई एन.प्याब्सन जिल्ला स्तरिय चित्रकला प्रतियोगिताको उपाधि

images
  • 349
    SHARES

  • images
    images
    images
    न्यू लुम्बिनी र सुनगाभालाई एन.प्याब्सन जिल्ला स्तरिय चित्रकला प्रतियोगिताको उपाधि
    images
    images
    images

    बुटवल। नेशनल प्याब्सन जिल्ला कार्यसमिति रुपन्देहीले आयोजना गरेको पाँचौँ जिल्ला स्तरिय चित्रकला प्रतियोगिता २०७९ सम्पन्न भएको छ । कार्यक्रममा कक्षा १ देखि ५ सम्मको जुनियर र कक्षा ६ देखि १० सम्मको सिनियर तर्फको प्रतियोगिता सम्पन्न भएको हो।

    No description available.

    images
    images
    images

    प्रतियोगितामा जुनियर तर्फ न्यू लुम्बिनी ई.बो.स्कुल देवदह ५ खैरेनीका प्रिन्सिका पाइजा प्रथम, ग्यालेक्सी ई.बो.स्कुल , सैनामैनाका निश्चल घिमिरे द्धितिय, सगरमाथा सेकेण्डरी स्कुल देवदह सितलनगरका आस्ना खरेल तृतीय र सेन्ट जोसेफ ई.बो.स्कुल तिलोत्तमाका प्रिन्सिका गुरुगं सान्त्वना हुन सफल भएको थियो भने सिनियर तर्फ सुनगाभा पब्लिक सेकेण्डरी स्कुल, सैनामैनाका कृतिमा महत्रा क्षेत्री, बुटवल ग्लोरी ई.बो.स्कुल बुटवलका प्रिन्स थापा द्धितिय, स्कलर्स होम ई.बो.स्कुल बुटवलका सबि गौतम तृतीय र न्यू लुम्बिनी ई.बो.स्कुल, देवदह खैरेनीका नमुना डोबल सान्त्वना हुन सफल भएको थियो ।

    No description available.

    प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः नगद रु दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको सचिव बाबुराम बञ्जाडेले जानकारी गराउनुभयो । 

    Capture.PNG

     

    प्रतियोगितामा स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड अप्लाइड साइन्स, लुम्बिनी बौद्ध बिश्वबिद्यालयका डिन उकेश राज भोजु र नेपाल कमर्सियल आर्ट संघ रूपन्देहीका उपाध्यक्ष खेम बहादुर बिकले निर्णायकको भूमिका निभाउनुभएको थियो ।

    कार्यक्रम नेशनल प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षता र नेशनल प्याब्सन केन्द्रिय समितिका सचिव कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले नेशनल प्याब्सनले विगत लामो समयदेखि विद्यार्थीहरुको अन्तर्निहित क्षमतालाई पहिचान गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा उक्त कार्यलाई निरन्तरता दिई चित्रकला प्रतियोगिता आयोजना गरिएको प्रति प्रशंसा गर्नुभएको थियो । विगत दुई वर्ष कोभिड १९ को कारण नियमित यस्ता जिल्ला तहका कार्यक्रमहरु सम्पन्न हुन नसकेतापनि पछिल्लो समय सहज अवस्था भएसँगै यस्ता नियमित कार्यक्रमहरु बढाउनुपर्ने र विद्यार्थीहरुको क्षमतालाई पहिचान गरि राष्ट्रिय स्तरमा समेत विद्यार्थीहरुलाई चिनाउन र स्थापित गर्न नेशनल प्याब्सनले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । केन्द्रिय कमिटीले समेत जिल्लासँग सहकार्य गर्दै  जिल्ला तहमा रहेका विद्यार्थीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा पुर्याउनको लागि विभिन्न कार्यक्रमहरु खाका तय गरेकोले जिल्ला तहमा विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुले राष्ट्रिय स्तरका प्रतियोगितामा आफ्नो प्रतिभा तथा क्षमता प्रदर्शन गर्न पाउने कुरा जानकारी गराउनुभयो । 

    May be an image of 9 people, people sitting and people standing

    उक्त कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय कमिटिका सदस्यहरु, बालाकृष्ण तिवारी, देउप्रकाश राई, लुम्बिनी प्रदेश कमिटीका सहसचिव जे.बी.क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, प्रिन्सिपल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो । जिल्ला उपाध्यक्ष विल प्रसाद गुरुगंको स्वागत मन्तव्य, कार्यक्रम संयोजक राजु गरुगंको धन्यवाद ज्ञापन र सचिव बाबुराम बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जुनियर र सिनियर तर्फ गरि ४० जना प्रतियोगी विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको जिल्ला सहसचिव बिनोद थापा मगरले जानकारी गराउनुभयो ।

    May be an image of 6 people, people sitting and indoor

    May be an image of 5 people

     

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij