बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नुवाकोटमा ठूलो बिजुलीको पोलमा चढे माइला:प्रहरी उद्दारको प्रयास गर्दै

नुवाकोटमा ठूलो बिजुलीको पोलमा चढे माइला:प्रहरी उद्दारको प्रयास गर्दै

images
  • 372
    SHARES

  • images
    images
    images
    नुवाकोटमा ठूलो बिजुलीको पोलमा चढे माइला:प्रहरी उद्दारको प्रयास गर्दै
    images
    images
    images

    नुवाकोट।नुवाकोट जिल्लास्थित ककनी नगरपालिका वडा नं ७ को बिजुलीको पोलमा  एक व्यक्ति तारमा झुन्डिरहेका छन्। उनलाई यतिबेला प्रहरीले तल झर्न भनिरहेका छन्।फकाउँदासमेत उनी तल झर्न मानेका छैनन्। तारमा ती व्यक्ति झुन्डिएपछि यतिबेला ६० मेगावाटको त्रिशुली थ्री ए आयोजना नै बन्द गर्नु परेको छ। करेन्ट लाग्नसक्ने आसंकामा विद्युत बन्द गरिएको हो।

    आयोजना ठप्प हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

    images
    images
    images

    ककनी गाउँपालिका ७ मा रहेको पोलमा चढेर विद्युतीय तारमा पनि हिँडिरहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

    प्रहरीले उनलाई झर्नको लागि फकाइरहेका छन्। प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई अहिले पोलबाट झार्ने प्रयास भइरहेको छ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, जेठ २८ २०७९०४:०२:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij