सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह १० मा सार्वजनिक जग्गा हडप्ने प्रयास:खोलामा काँडेतार

देवदह १० मा सार्वजनिक जग्गा हडप्ने प्रयास:खोलामा काँडेतार

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    देवदह १० मा सार्वजनिक जग्गा हडप्ने प्रयास:खोलामा काँडेतार
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह १० चरंगे स्थित रम्भादेवी टोलमा सार्वजनकि जग्गा व्यक्तिले कब्जा गरे पछि स्थानीयले बिरोध गरेका छन। करिब १० कठ्ठा भन्दा धेरै सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै रम्भादेवी टोलका स्थानीयले देवदह १० को वडा कार्यालय, देवदह नगरपालिका र सब डिभिजन बन कार्यालयमा अतिक्रमित सार्वजनिक जग्गालाई बृक्षारोपण  गरि संरक्षण गरिपाउँ  भनि ज्ञापन पत्र बुझाएका थिए। 

     

    images
    images
    images

    No description available.

     

    सोहि टोलमा बस्ने बर्ष ७० का गोबिन्द उपाध्याय सहितले खोलाको जग्गा अतिक्रमण गरि तारबार गरेको भन्दै स्थानीयले सार्वजनिक जग्गा संरक्षणका लागि वडामा दिएको निवेदन प्राप्त भएको र स्थानीय वासी,राजनीतिक दल र सबै सरोकारवाला निकाय बसी छलफल गरेर  सत्य तथ्य बुझी निकास निकालिने वडा नम्बर १० का वडा अध्यक्ष यक बहादुर सुनारले बताए।

     

    No description available.

     

    स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण भएको भनि पेश गरेको निवेदन नगरमा प्राप्त भएको र सत्य तथ्य बुझी सो बिषयको जानकारी गराउन वडालाई पत्र पठाइएको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले जानकारी दिए। 

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, जेठ २८ २०७९०८:२५:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij