सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

घोडाहा खोलामा नदिजन्य पदार्थको चोरी निकासी : उत्खनन गर्ने जेसिभी प्रहरीको नियन्त्रणमा

घोडाहा खोलामा नदिजन्य पदार्थको चोरी निकासी : उत्खनन गर्ने जेसिभी प्रहरीको नियन्त्रणमा

images
  • 2.4K
    SHARES

  • images
    images
    images
    घोडाहा खोलामा नदिजन्य पदार्थको चोरी निकासी : उत्खनन गर्ने  जेसिभी प्रहरीको नियन्त्रणमा
    images
    images
    images


    देवदह ।देवदहमा नदिजन्य पदार्थको मुद्दा बहसको बिषय बन्ने गरेको छ।देवदह नगरपालिकाको मुख्य आयस्रोतको रुपमा रहेको नदिजन्य पदार्थको उचित संरक्षण र उपयोग हुन नसक्दा देवदह नगरपालिकाले बर्सेनि लाखौ रुपैयाँ राजश्व गुमाउनु परेको छ।

    बर्सेनि करोडौं रुपैयाँ बराबरको नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन भएको जनप्रतिनिधि देखि देवदहका राजनीतिक दल र सुरक्षा निकायले घुमाउरो पाराले स्विकार्ने गर्छन् । नदिजन्य पदार्थको उत्खननका लागि जनप्रतिनिधि देखि राजनीतिक दलकै नेता कार्यकर्ता संलग्न भएको स्थानीय बताउँछन् ।

    images
    images
    images


    No description available.

    प्रहरीले पटकपटक नदिजन्य पदार्थको अबैध उत्खनन गर्ने टिप्पर,ट्याक्टर तथा जेसिभी नियन्त्रणमा लिने गरेको छ।केही रकम जरीमाना काटेर प्रहरीले उत्खननमा प्रयोग गरिएको सवारी साधन छोडिदिने गर्छ।केही दिन उत्खनन रोकिएपनी पुनः चोरी निकासीको शृङ्खला दोहोरिने गरेको छ।

    No description available.

    शनिबार मध्य राती नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा देवदह प्रहरी चौकीको गस्ती टोलिले एक जेसिभी देवदह ७ को घोडाहा खोला बाट नियन्त्रणमा लिएको छ।देवदह ७ को सोमबारे बजार नजिकैको खोला क्षेत्र बाट प्रहरीले एक जेसिभी नियन्त्रणमामा लिएको हो।प्रहरीले गस्ती गरिरहेको थाहा पाएपछि नदिजन्य पदार्थ चोरी गर्न आएका भने फरार भएका छन् ।

    स्थानीय डम्बर बहादुर थापाले ३-४ दिन देखि ठुला गाडीनै आएर नदि दोहन भैरहेकोले चोरी निकासी कार्य नरोकिए  सितलनगरको हातबजार क्षेत्रको भागमा नदि कटान हुने बताए।

    देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारुका अनुसार शनिबार राती गस्ती गर्ने क्रममा मुक्तिनाथ सप्लायर्सको नम्बर नखुलेको एक जेसिभी नियन्त्रणमा लिएको र आवश्यक कारबाहीको लागि नगरपालिका पठाइने बताए।

    नदिजन्य पदार्थ चोरी निकासी नियन्त्रणमा ध्यान नदिदा नगरपालिकाले बर्सेनि करोडौं राजश्व गुमाउनु परेको छ। देवदह नगरपालिका र सरोकारवाला निकायले यस तर्फ गम्भीर चासो देखाएर नदि जन्य पदार्थको अबैध उत्खनन रोक्नु जरुरी छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij