मगर संसारको १०८ औं सहयोग सम्पन्न
नवलपरासी। लामो समय देखि सामाजिक कार्यमा कृयाशिल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुपले मृगौला रोगले ग्रसित एक बिरामीलाई आर्थिक सहयोग गरेको छ।मगर संसारको विशेष पहलमा नवलपरासी जिल्ला सुस्ता ४ बेलतारीकी दुबै मृगौला पीडित दीपा थापा मगरलाई १ लाख २२ हजार ३१९ रुपैयाँ हस्तान्तरण गरिएको हो।
मगर संसारको विशेष पहलमा संकलित रकम मगर संसारका एडमिन जानकी मगर र निरु मास्की राना मगरले विरामीलाई हस्तांतरण गरेको मगर संसार फोटो ग्यालरीका अध्यक्ष सामाजिक अभियन्ता अनिल लामिछाने मगरले जानकारी दिनुभयो।
मगर संसारले हाल सम्म आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नपाएका १०८ जनालाई आर्थिक सहयोग गरिसकेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij