बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा 'जनपक्षीय संयुक्त संयन्त्र' गठन

देवदहमा 'जनपक्षीय संयुक्त संयन्त्र' गठन

images
  • 324
    SHARES

  • images
    images
    images
    देवदहमा 'जनपक्षीय संयुक्त संयन्त्र' गठन
    images
    images
    images

    देवदह ।रुपन्देहीको देवदहमा 'जनपक्षीय संयुक्त संयन्त्र देवदह' गठन गरिएको छ।स्थानीय तह निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि निर्वाचित भए सङ्गै स्थानीय सरकारले गर्ने सकारात्मक कार्यको प्रचारप्रसार र गलत कार्यको खबरदारीका लागि संयन्त्र निर्माण गरिएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने,जनप्रतिनिधि तथा कर्मचारीले गर्ने कार्य कसरी पारदर्शी र चुस्त दुरुस्त बनाउने र समग्रमा देवदहलाई कसरि समृद्द बनाउने भन्ने उदेश्यलेनै संयन्त्र बनाइएको नेकपा समाजवादीका देवदह नगर अध्यक्ष टंक पोखरेलले जानकारी दिनुभयो। जनपक्षीय संयुक्त संयन्त्रले विभिन्न २९ बुदे सुझाव पत्र समेत बिज्ञप्तिमा उल्लेख गरेको छ।जस अन्तर्गत स्वास्थ्य बिमा प्रभावकारी नभएको यसलाई यथासिघ्र सच्याएर लैजानुपर्ने,कृषि पकेट क्षेत्र घोषणामा मात्रै सिमित भएकोले कार्यान्वयनमा समेत लैजानुपर्ने,दिगो विकास भनिए पनि विकास निर्माणका काम अल्पकालीन भएको देखिएकोले तत्काल सुधार गरेर लैजानुपर्ने,नदिजन्य पदार्थको उत्खनन र वितरण प्रणाली बैज्ञानिक हुनुपर्ने र विधि सर्व स्विकार्य र पारदर्शी हुनुपर्ने राज्यले टोकेको मापदण्ड अनुरुप बजेट शिर्षकमा रकम विनियोजन अनिवार्य हुनुपर्ने,भूमी व्यावस्थानको कार्य तीब्र गतिमा अघि बढाउनुपर्ने कार्यपालिकाले गरेको निर्णय सोही दिन प्रमाणीत गरि सार्वजनिक गर्नुपर्ने देवदह मण्डपको उचित तथा बैज्ञानिक ढंगले व्यवस्थापन हुनुपर्ने लगायत २९ बुदे सुझाव उल्लेख गरिएको छ। संयन्त्रको तर्फबाट जारी गरिएको बिज्ञप्तिमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द ठडराई,नेकपा एकीकृत समाजवादीका देवदह नगर अध्यक्ष टंक पोखरेल,राष्ट्रिय जनमुक्ति पार्टीका देवदह नगर अध्यक्ष डम्बर बहादुर थापा,राष्ट्रिय जनमोर्चाका धनु पाण्डे,क्रान्तिकारी माओवादीका तर्फ बाट ऋषिराम लामिछाने,नेकपा बाट राम प्रसाद काफ्ले,जनता समाजवादीका तर्फ बाट रमेश पाण्डेले हस्तान्तरण गरेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आषाढ ३ २०७९०४:५७:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij