देवदह ।रुपन्देहीको देवदहमा 'देवदह ट्यालेन्ट हन्ट' हुने भएको छ।एकस्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसको मुख्य प्रायोजन र केबि डान्स स्टुडियोको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। शनिबार ओम दर्शन पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बिषयमा जानकारी गराइएको हो।ट्यालेन्ट हन्ट अन्तर्गत नृत्य प्रतियोगिता तर्फ ४७ जना छनोट भएको र विभिन्न चरण पार गर्दै १० जना प्रतियोगी फाइनलमा प्रवेश गर्ने र असार १५ गते फाइनलम प्रवेश गरेका मध्य बाट विजेताको टुङ्गो लगाइने बताइएको छ। त्यस्तै मोडलिङ्ग तर्फ हाल सम्म १० जना प्रतियोगी सहभागिता जनाएको र प्रंतियोगीको संख्या केही बढ्न सक्ने आयोजक तथा फेसन कोरियोग्राफर सृष्टि शाक्यले बताउनुभयो । प्रतियोगितामा नृत्य तर्फ प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुनेले क्रमशः ३०,२०,२० र ५ हजार पाउनुका साथै एक्स्पर्ट एजुकेसनको तर्फ बाट छात्रवृत्ति प्रहरी गर्ने छन् । त्यस्तै मोडलिङ्ग तर्फका विजेताले नगद २० हजार पुरस्कार पाउनुका साथै विभिन्न टेलिसिरियलमा अभिनय गर्न पाउने आयोजक संस्थाका डाइरेक्टर बिक्रम परियार (बिक्की)ले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा एक्सपर्ट एजुकेसनका डाइरेक्टर रोशन कडेल,केबि डान्स स्टुडियोका डाइरेक्टर बिक्रम परियार,अफिसियल फेसन कोरियोग्राफर युदिन खड्की,सृष्टि शाक्यको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन सुमन श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमको फाइनल यहि असार १५ गते हुने छ।ग्राण्ड फिनालेमा चर्चित हास्य कलाकार सुरबिर पण्डित(दारी बा) र गायक देबेन्द्र बब्लुको विशेष प्रस्तुति रहने बताइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij