देवदह । रुपन्देहीको देवदहमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा एक महिला मृत भेटिएकी छन् । देवदह नगरपालिका वडा नं. ५ खैरेनी क्षेत्रको सिद्धार्थ कोलोनी बस्ने अन्दाजी २६ वर्षिया हिमा पाण्डे महिला झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पाल्पा अर्गेली घर तथा गुल्मी हुँगा माइत भएकी पाण्डे करिव सात महिना देखि खैरेनीमा डेरामा वसोवास गर्दै आएको प्रहरीले बताएको छ । छ वर्षको छोरा लिन पटक पटक शिक्षकले फोन गर्दा नउठेपछी शिक्षकले छोरा घरमै लिएर आए । "करिव दश मिनेटसम्म पनि ढोका नखुले पछि पछाडीबाट दोस्रो तलाको उनी बस्ने कोठामा भर्याङ्ग लगाएर हेर्दा उनी पंखामा झुन्डिएको अवस्थामा देखेको शिक्षक राजीव सापकोटाले बताए । उनका श्रीमान दुई महिनाको बिदा सकेर एकसाता अघि मात्रै विदेश गएको उनकी घरबेटी सानू सिग्देलले बताएकी छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij