मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

२९ बुँदे माग राख्दै 'जनपक्षीय संयुक्त संयन्त्र, देवदहले नगरप्रमुख खरेललाई बुझायो ज्ञापन-पत्र

२९ बुँदे माग राख्दै 'जनपक्षीय संयुक्त संयन्त्र, देवदहले नगरप्रमुख खरेललाई बुझायो ज्ञापन-पत्र

images
  • 358
    SHARES

  • images
    images
    images
    २९ बुँदे माग राख्दै 'जनपक्षीय संयुक्त संयन्त्र, देवदहले नगरप्रमुख खरेललाई बुझायो ज्ञापन-पत्र
    images
    images
    images

    देवदह । देवदहमा गठन गरिएको 'जनपक्षीय संयुक्त संयन्त्र'ले नगरप्रमुख ध्रुब प्रसाद खरेललाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएका २९ बुँदे माग समावेश गर्दै संयन्त्रले सोमबार नगरप्रमुख खरेललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख खरेलले देवदहमा क्रियाशिल सबै दल तथा संघसंस्थाहरूको राय सुझाव र समन्वयमा आफुले निर्णय लिने र नीति निर्माण गर्ने बताए । आफू कुनै दल विशेषबाट निर्वाचित भए पनि निर्वाचित भैसकेपछी दलबाट माथि उठेर देवदहको विकास र समृद्धिको लागि काम गर्ने उनको भनाइ थियो । सोही अवसरमा बोल्दै नेकपा माओवादी केन्द्रका देवदह नगर अध्यक्ष गोविन्द ठटराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष टंक पोखरेल लगायतले पालिकाले गर्ने सहि कामको प्रचार र गलत कार्यको भण्डाफोर गर्न संयन्त्र गठन गरिएको बताउँदै आफुहरूले अघि सारेका माग अनुसार काम भए देवदहको विकास हुने बताएका थिए । जनपक्षीय संयुक्त संयन्त्रले स्वास्थ्य बिमा प्रभावकारी नभएको यसलाई यथासिघ्र सच्याएर लैजानुपर्ने, कृषि पकेट क्षेत्र घोषणामा मात्रै सिमित भएकोले कार्यान्वयनमा समेत लैजानुपर्ने, दिगो विकास भनिए पनि विकास निर्माणका काम अल्पकालीन भएको देखिएकोले तत्काल सुधार गरेर लैजानुपर्ने, नदिजन्य पदार्थको उत्खनन र वितरण प्रणाली बैज्ञानिक हुनुपर्ने र विधि सर्व स्विकार्य र पारदर्शी हुनुपर्ने राज्यले टोकेको मापदण्ड अनुरुप बजेट शिर्षकमा रकम विनियोजन अनिवार्य हुनुपर्ने, भूमी व्यावस्थानको कार्य तीब्र गतिमा अघि बढाउनुपर्ने कार्यपालिकाले गरेको निर्णय सोही दिन प्रमाणीत गरि सार्वजनिक गर्नुपर्ने, देवदह मण्डपको उचित तथा बैज्ञानिक ढंगले व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेको छ । ज्ञापन पत्रमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द ठडराई, नेकपा एकीकृत समाजवादीका देवदह नगर अध्यक्ष टंक पोखरेल, राष्ट्रिय जनमुक्ति पार्टीका देवदह नगर अध्यक्ष डम्बर बहादुर थापा, राष्ट्रिय जनमोर्चाका धनु पाण्डे, क्रान्तिकारी माओवादीका तर्फ बाट ऋषिराम लामिछाने,नेकपा बाट राम प्रसाद काफ्ले, जनता समाजवादीका तर्फ बाट रमेश पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, तथा संयन्त्रमा सहभागी दलका नेता कार्यकर्ताहरूको उपस्तिथि रहेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आषाढ ६ २०७९०८:५६:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij