बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

मेलमिलाप कर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सुरु

मेलमिलाप कर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सुरु

images
  • 291
    SHARES

  • images
    images
    images
    मेलमिलाप कर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सुरु
    images
    images
    images

    देवदह।देवदह नगरपालिका अन्तर्गत १२ वटा वडामा रहेका मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी तालिम सुरु भएको छ।

    तालिमको उद्घाटन सत्रमा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले मेलमिलापकर्ताहरुले गरेको कार्य सह्राहनिय रहेको बताउनुभयो ।मुद्दा  मामिलाका क्रममा मेलमिलाप गर्दा कसैको पक्ष विपक्ष नभई निष्पक्ष रुपमा मिलाउन समेत मेलमिलाप कर्तालाई नगर प्रमुख खरेलले आग्रह गर्नुभयो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले अदालतमा धेरै मुद्दा हुँदा सर्वसाधारणले सास्ती पाएको बताउँदै स्थानीय तहमा मिलाउन सकिने खालका मुद्दा न्यायिक समिती मातहत रहदा सर्वसाधारणलाई सहज भएको बताउनुभयो ।तालिमले विवाद समाधानका लागि नयाँ कुरा सिक्ने अवसर मिल्ने विश्वास रहेको समेत बेलबासेले बताउनुभयो ।

    त्यस्तै कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख तथा न्यायीक समितिका संयोजक विद्या लक्ष्मी गुरुङले
    देवदह नगरपालिकामा हाल ७४ जना मेलमिलापकर्ता सुचिकृत रहेको बताउनुभयो ।कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सरल र सहज ढंगले मुद्दा  मामिला तथा विवाद मिलाउन मेलमिलाप कर्ताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल सरकारका उपसचिव टिकाराम शर्मा, देवदह नगरपालिकाका प्रबक्ता वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे,वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्याल,वडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापा,वडा नम्बर ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे,नगर शिक्षा अधिकृत प्रशुराम ढकाल,न्यायीक समितिका सदस्य,मेलमिलापकर्ताहरुको सहभागीता रहेको छ।तालिमको सहजीकरण अधिबक्ता हेमा न्यौपानेले गर्नुभएको छ।

    कार्यक्रमको उद्घाटन सत्र देवदह नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता गङ्गा प्रसाद पन्थीको स्वागत तथा मिना भूषालको संचलनमा सम्पन्न भएको थियो।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij