मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

images
  • 324
    SHARES

  • images
    images
    images
    देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न
    images
    images
    images


    देवदह। देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । नर्सरी कक्षामा भएको तातो आलु खेलमा पूर्णिमा रजाली प्रथम रियन थापा द्वितीय र सलिना थापा तृतीय भएका छन् । त्यसैगरी एलकेजी कक्षामा भएको इन आउट खेलमा रोजबाट श्रेजल सिंजाली प्रथम, सेजल थापा द्वितीय र रियान गुरुङ तृतीय भएका छन् भने लिलीबाट रियान गुरुङ प्रथम, प्रबल गुरुङ द्वितीय र मुस्कान नेपाली तृतीय भएका छन् । 

     

    images
    images
    images

    No description available.

    त्यसैगरी युकेजीमा सम्पन्न भएको इन आउट खेलमा प्रनिशा घले प्रथम सिजा गुरुङ द्वितीय र युवान ठाडा तृतीय भएका छन् । त्यसैगरी कक्षा एक देखि पाँचसम्म सम्पन्न भएको चित्रकला प्रतियोगितामा कक्षा एकबाट अरुणा सुनार प्रथम, सुमित सुनार द्वितीय र निकिता आले मगर तृतीय भएका छन् । कक्षा दुईबाट यामछुमा गाहा प्रथम, अन्स सुनार द्वितीय र शुभम कुँवर मगर तृतीय भएका छन् भने कक्षा तीनबाट ममता गुरुङ प्रथम, पवन गाहा द्वितीय र कीर्ति गुरुङ तृतीय भएका छन् । कक्षा चारबाट सेरिना गुरुङ प्रथम, गरिमा चौधरी द्वितीय र अविष्का राना तृतीय भएका छन् भने कक्षा पाँचबाट एलिना पुन प्रथम, विश्वास गुरुङ द्वितीय र सिवानी रेश्मी र समर गुरुङ तृतीय भएका छन् । 

    त्यसैगरी निम्न माध्यमिक तहमा भएको अँग्रेजी वक्तृत्वकला प्रतियोगितामा आयुश्मा थापा प्रथम, तृष्णा सिंह ठकुरी द्वितीय र सुजिन गुरुङ तृतीय भएका छन् भने माध्यमिक तहको प्रतियोगितामा सरस्वती बि.क. प्रथम, रिया थापा द्वितीय र स्नेह गुरुङ तृतीय भएका छन् । वक्तृत्वकला प्रतियोगितामा निर्णायकको भूमिकामा देवराज गुरूङ बिक्की दर्जी र सुवास ज्ञवाली हुनुहुन्थ्यो भने समय सूचकमा सिजन लुङ्गेली हुनुहुन्थ्यो । विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङको प्रमुख आतिथ्यता, अतिरक्ति विभाग प्रमुख मधुसुदन दिसामगरको अध्यक्षता र शिक्षिका अस्मिता हितानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij