देवदह। देवदह गरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख धुब्र प्रसाद खरेलले आर्थिक विकासको गतिलाई निरन्तरता दिदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।साथै नीति तथा कार्यक्रममा देवदह नगरपालिकाले क्रसर उद्योग संचालनमा ल्याउने कुराको समेत उल्लेख गरिएको छ।
शिक्षा,खेलकुद,स्वास्थ्य,कृषि पशुपालन भूमि व्यास्थापन लगायतका बिषयलाई समेटेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो। त्यसै गरि नगर उप-प्रमुखले आर्थीक विधेयक र ऐन संशोधन तथा आय व्याय सम्बन्धि विवरण प्रस्तुत गरेका छन्। देवदह नगरपालिकाको आर्थिक वर्ष २०७९ ,०८० का लागि १ अर्ब ६ करोड २१ लाखको अनुमानित बजेट समेत प्रस्तुत गरिएको छ।
देवदह नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रमको पुर्ण पाठ
शिक्षा,युवा तथा खेलकुदतर्फ
क.शिक्षा तर्फ
१.देवदह नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १-६ मा अध्ययनरत बालबालिकाको लागि दिवा खाजा संघीय सरकारको सहयोगमा निरंतरता दिइने छ।
२.यसै शैक्षिक वर्षदेखिनै सम्पूर्ण सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकाको लागि स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक लागू गरिने छ।
३.सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरी तथा नाती नातिनाहरुलाई आफूले पढाउने विद्यालयमा नै अनिवार्य भर्ना गरि पठनपाठन गर्न उत्प्रेरित गरिने छ ।
४.शिक्षक सम्मान कार्यक्रमलाई नतिजामा आधारित बनाइने छ।
५.नगर शिक्षाको वर्तमान अवस्था झल्किने गरि शिक्षा पासर्वचित्र(education profile) तयार गरिने छ।
६.१ देखि ५ सम्मको कुनै एक विद्यालयलाई नमुना आधारभूत विद्यालयको रुपमा संचालन गरिनेछ।
७. नगर शिक्षा ऎनमा समयानुकूल परिमार्जन गरिने छ साथै नगर शिक्षा नियमावली तयार गरि लागू गरिने छ।
८.सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीका लागि नगरपालिकाबाट निर्वाह गर्नुपर्ने दायित्व व्यहोर्ने कार्यलाई निरन्तरता दिइने छ।
९.नगरपालिकास्तरीय विविध प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरि विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटन गरिने छ।
१०.देवदहमा थप प्राबिधिक शिक्षालय स्थापनाको लागि पहल गरिने छ।ctevt र अन्य तालिम प्रदायक संस्थासङ्गको सहकार्यमा SEE अनुत्तीर्ण युवा लक्ष्यित छोटो अवधीका सिपमूलक तालिमहरु प्रदान गरिने छ।
११.सामुदायिक विद्यालयको कक्षा ६-१२ मा अध्ययनरत सम्पूर्ण छात्राहरुका लागि गुणस्तरीय स्यानिटरी प्याड वितरण गर्नुका साथै सामुदायिक विद्यालयहरुलाई Sanitary pad vending machine र sanitary pad disposable machine उपलब्ध गराइनेछ।
१२.आधारभूत र माध्यामिक तहमा हाल नगरपालिकाको अनुदानबाट राखिएका शिक्षकलाई निरन्तरता दिइने छ।
१३.औचित्य र आवश्यकताका आधारमा विद्यालय मर्ज अभियान र दरबन्दी मिलान अभियान संचालन गरिनेछ ।
१४.एकाघरका सदस्यहरु र संरक्षक समेत कोही नभएका अनाथ र अति विपन्न बालबालिकाको माध्यामिक शिक्षासम्मको सम्पूर्ण दायित्व नगरपालिकाले ग्रहण गर्ने निती अवलम्बन गरिने छ।
१५.नगरस्तरीय आधारभूत तहको परिक्षालाई थप व्यवस्थित गरिने छ।कक्षा ५ मा उपलब्धी मापन परिक्षा लिइने छ।
१६.महिला शिक्षक र कर्मचारीको प्रसुती विदा अवधीमा विद्यालयमा हुने शैक्षिक क्षती हुन नदिन कलेज तहका विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा परिचालन गरिनेछ ।
१७.सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन तथा सुपरिवेक्षणलाई नितमित र प्रभावकारी बनाइने छ।
१८.शिक्षा शाखाबाट कक्षा अवलोकन,नमूना शिक्षण र पृष्ठपोषण कार्यक्रम संचालन गरिने छ।
१९.संघ,प्रदेश र स्थानीय तहको समन्वय एवं सहकार्यमा विद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइने छ।
ख.उच्च शिक्षा तर्फ
२०.देवदह आदर्श बहुमुखी क्याम्पसलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आवश्यक समन्वय र सहयोग गरिने छ ।
२१. लुम्बिनी बौद्ध विश्वविद्यालयसँग शिक्षाका विविध आयामहरुमा सहकार्य र सहयोगको नीति अबलम्बन गरिनेछ।
२२.गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरिने छ ।। २३.लुम्बिनी बौद्ध विश्व विद्यालयमा स्नातकोत्तर वा सो भन्दा माथि अध्ययन गर्न चाहने देवदह नगरपालिकाका कर्मचारीहरुलाई विश्व विद्यालयको छात्रवृत्तिको कार्यक्रममा समावेश गर्न समन्वय तथा पहल गरिनेछ ।
युवा तथा खेलकुदतर्फ
२४. नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि विभिन्न सार्वजनिक स्थलहरुमा खुल्ला व्यायाम केन्द्र (जिम हाउस) स्थापना गरिने छ ।
२५. विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिने छ । सहिद दुर्गा तिवारी वसन्त पौडेल स्मृति कबर्ड हलको पूर्वाधार विकास गरिने छ । २७. एक वडा एक खेल मैदानको व्यवस्थाका लागि आवश्यक पूर्वाधार तयार गरिने छ ।
२८. खेलहरुको संस्थागत विकासका लागि नगर खेलकुद प्रशिक्षकहरुको व्यवस्था गरिने छ ।
२९. मेयरकप छात्रा भलिबल प्रतियोगिता र उपमेयरकप छात्र फुटबल प्रतियोगिता आयोजना गरिनेछ ।
३०.संघ र प्रदेश सरकारसंगको सहकार्यमा पानवारी, शितलनगर र सहिद नर बहादुर स्मृति खेलमैदानको स्तरोन्नति गरिने छ ।
३१.राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गरिने छ ।
३२.लागु औषध दुर्व्यसनी बिरुद्ध समुदायसँग सहकार्य गरि चेतनामुलक कार्यक्रम संचालन गरिने छ । दुर्व्यसनमा परेका युवाहरुको पूनर्स्थापनाको लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग सहकार्य गरिने छ ।
स्वास्थ्य तर्फ
३३.देवदह नगरबासी सम्पूर्ण जनतालाई निःशुल्क स्वास्थ विमा कार्यक्रममा समेट्ने कार्यक्रमको शुरुवात पहिलो चरणमा महिला स्वास्थ्य स्वयं सेविका, सरसफाईकर्मी र ख वर्गका अपाहरुका लागि निःशुल्क स्वास्थ्य विमा गरिने छ ।
३४.देवदह क्षेत्रमा १५ शैयाको सुविधासम्पन्न अस्पताल संचालन गरिनेछ, उक्त अस्पताललाई स्वास्थ्य विमाको प्रथम विन्दुको रुपमा विकास गरिने छ ।
३५.आधारभूत स्वास्थ्य चौकी / केन्द्र मार्फत देवदहबासि जनताको नियमित स्वास्थ्य परिक्षण गरिनेछ, सरकारद्वारा निःशुल्क प्रदान गर्ने भनि तोकिएका औषधीहरुको सहज उपलब्धता गराईने छ ।
३६.देवदहमा आयुर्वेद अस्पताल स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने छ ।
३७.केरवानी स्वास्थ्य चौकी र सिक्टहन स्वास्थ्य चौकीको स्तरोन्नति गरिने छ ।
३८. सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरि अर्धवार्षिक रुपमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ परीक्षण गराईने छ ।
३९.सुत्केरी पोषण कार्यक्रम लागु गरिने छ ।
४०.देवदहवासीहरुका लागि निःशुल्क र तत्काल रगत पाउने व्यवस्था गरिने छ ।
४१.योग तथा ध्यानमार्फत जनताको शारीरिक र मानसिक स्वास्थ्यका साथै आध्यात्मिकता, नैतिकता र सकारात्मक सोच विकासको लागि योग तथा ध्यान केन्द्रहरुको निर्माण गरिने छ ।
कृषि तथा पशुपालनतर्फ
क.कृषितर्फ
४२.नगरपालिका, सहकारी र निजि क्षेत्रको साझेदारीमा देवदहमा शितभण्डार निर्माण गरि संचालनमा ल्याइनेछ।
४३.कृषकहरुलाई प्रोत्साहन गर्न आवश्यक अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइने छ ।
४४. खेतियोग्य जमिनलाई बाँझो राख्न नपाईने नीति अवलम्बन गरिने छ । कृषि समूह तथा सहकारी मार्फत उन्नत जातको विउ विजनमा आवश्यक अनुदानको व्यवस्था गरिने छ।
४५.कृषि समूह तथा सहकारी मार्फत उन्नत जातको विउ बिजनमा आवश्यक अनुदानको व्यवस्था गरिनेछ।
४६.देवदह-७ स्थित कोसेली घर संचालनमा ल्याई स्थानीय उत्पादनको बजारीकरणमा प्रोत्साहन गरिने छ ।
४७. कृषकलाई प्रोत्साहन गर्न विभिन्न जातका फलफूलका विरुवाहरु उपलब्ध गराईने छ ।
४८.कृषि साप्ताहिक हाट बजारलाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने छ ।
४९.व्यवसायिक कृषि, सहकारी तथा सामुहिक खेति गर्ने किसानलाई प्रोत्साहित गरिने छ ।
५०.आधुनिक तथा व्यवसायिक तरकारी खेती गर्न इच्छुक किसानहरुलाई प्लाष्टिक टनेल, थोपा सिचाँई,
मल्चिङ्ग लगायतका प्रविधिहरुमा आवश्यक अनुदानको व्यवस्था गरिने छ ।
५१. कृषि मिटरको विद्युत महशुलमा पचास प्रतिशत अनुदानको व्यवस्था गरिने छ ।
५२. वडा न. ६ शरनटाँडीको सिमी खेतीलाई प्रवर्द्धन गर्न सिँचाईको ब्यवस्था गरिने छ ।
५३. बिभिन्न वडालाई समेट्ने गरी मकैको पकेट क्षेत्र निर्धारण गरि विशेष किसिमको आर्थिक तथा
प्राविधिक सेवा उपलब्ध गराईने छ ।
५४. युवाहरुलाई कृषि पेशातर्फ आकर्षित गरि उत्पादन वृद्धि गर्न कृषि उपकरण तथा यन्त्र औजारमा
अनुदानको व्यवस्था गरिने छ ।
५५.देवदहका विभिन्न खेतियोग्य स्थानहरुको माटो परिक्षण कार्यक्रम संचालन गरिने छ ।
५६. जग्गाको चक्लाबन्दी गर्ने कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
ख. पशुपालनतर्फ
५७. गाई भैंसीमा नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम संचालन गरिनेछ ।
५८. युवाहरुलाई पशुपालन पेशातर्फ आकर्षित गरि उत्पादन वृद्धि गर्न उपकरण तथा यन्त्र औजारमा अनुदानको व्यवस्था गरिने छ ।
५९. गाईभैंसीमा लाग्ने खोरेत, भ्यागुते, चरचरे र बाखामा लाग्ने पिपिआर रोग बिरुद्धको खोप अभियान कार्यक्रम संचालन गरिनेछ ।
६०. आन्तरिक तथा बाह्य परजिवि नियन्त्रण कार्यक्रम संचालन गरिनेछ ।
६१.पशु स्वास्थ्य शिविर तथा उपचार सेवा कार्यक्रम संचालन गरिनेछ ।
६२.व्यवसायिक कृषि तथा पशुपंक्षी फार्म नगर क्षेत्र भित्र दर्ता गर्न कानुनी व्यवस्था गरिनेछ ।
भूमि व्यवस्थापन
६३. आगामी दुई वर्षभित्रमा राष्ट्रिय भूमि आयोगसंगको सहकार्यमा यस नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गरिनेछ । साथै नापजाँच गर्न छुट भएका गाँउ ब्लक र स्ववासी, छुट कित्ता, बेनिस्सा जस्ता दर्ता छुट भएका जग्गाधनीलाई जग्गाधनी दर्ता पूर्जा उपलब्ध गराउने नीति लिइनेछ ।
६४. देवदह नगरपालिका भित्र राष्ट्रिय आवास कम्पनीले नापजाँच र प्रमाणीकरण गरेका जग्गाहरुको जग्गाधनीहरुलाई जग्गाधनी पूर्जा वितरणको लागि राष्ट्रिय आवास कम्पनीसंग समन्वय र सहकार्य गरि दर्ता प्रमाणपूर्जा उपलब्ध गराइनेछ ।
६५. संघीय तथा प्रादेशिक भू-उपयोग ऐन, नीति तथा नियमावली एवं कानुनअनुरुप स्थानीय ऐन, नीति तथा कानुन निर्माण गरि स्थानीय तहको भू-योजना तयार गरिनेछ । भूमिको वर्गीकरण गरि वैज्ञानिक उपयोग गरिनेछ ।
६६. स्थानीय भूउपयोग परिषद्, स्थानीय कार्यान्वयन समिति जस्ता संस्थागत संरचना मार्फत भूमिको उपयोगलाई व्यवस्थित र प्रभावकारी तुल्याउन भू-उपयोग कार्यक्रम संचालन गरिनेछ ।
६७. जग्गाको खण्डीकरण नियन्त्रण तथा कित्ताकाट गर्ने कार्यलाई नियमन गर्न तथा जग्गा व्यवसायीले जग्गाको कारोवार गर्दा विद्युत, खानेपानी, ढल निकास तथा बाटोको प्रबन्ध गर्ने जस्ता विषयको लागि आवश्यक आधार र मापदण्ड एवं कानुन तयार गरिनेछ ।
६८. नगरपालिकाभित्र रहेका व्यक्तिगत, सरकारी, ऐलानी, पर्ती, नदी उकास लगायत आवाद लायक जग्गा पर्याप्त मात्रामा उपयोग विहीन वा आशिंक उपयोग वा बाँझो अवस्थामा भएकोले उपयोगमा आउन नसकेको भूमिको समूचित उपयोग सुनिश्चितताको लागि भूमी बैंक स्थापना गर्न संघ र प्रदेश सङ्ग सहकार्य गरिनेछ।
६९.नगर क्षेत्र भित्रका सरकारी, सार्वजानिक, सामूदायिक र गुठी जग्गाको लगत तयार गरी त्यस्ता जग्गाहरुको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक मापदण्ड तयार गरिनेछ ।
७०.भूमिको हदवन्दी समयसापेक्ष र वैज्ञानिक बनाई हदबन्दी भन्दा माथिको जमिन कानुन बमोजिम प्राप्त गरि उचित व्यवस्थापन गरिनेछ ।
७१.भूमिहीन साथै स्थापित गर्नुपर्ने अन्य व्यक्ति वा परिवारलाई एकपटकको लागि उचित बसोबासको पुनः व्यवस्था मिलाउनका लागि प्रदेश सरकार र संघीय सरकारको समन्वयमा कार्य अगाडी बढाइनेछ ।
७२.भूमि प्रशासनको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि एवं प्रोत्साहन प्रवर्द्धन र सम्बन्धित निकायहरुको संस्थागत सुधार तथा विकास गरिनेछ ।
७३.स्थानीय तहको प्रयोगको लागि आवश्यक रहेको जग्गा प्राप्तिका लागि आवश्यक मापदण्ड तयार
गरिनेछ साथै नगरपालिकाभित्रका सबै सडक, नदी, खोला, कुलो एवं घोलाहरुको क्षेत्राधिकार तोकी
व्यवस्थित सहर निर्माणको परिकल्पना गर्न योजना तयार गरिनेछ ।
पूर्वाधारतर्फ
७४.योजना छनौट प्रकृया Bottom up approach मा अवलम्बन गरिने छ ।
७५.उत्कृष्ट कार्य सम्पन्न गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी तथा वडालाई सम्मान गरिने छ ।
७६.पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अति विपन्न तथा घरबार विहिन नागरिकहरुलाई लक्षित गरि एकीकृत नमुना बस्ति विकास गरिने छ ।
७७.संघ, प्रदेश र स्थानीय तहले गर्ने पूर्वाधार विकासका योजनाहरु लागत अनुमान गरि सम्पन्न हुनेगरी प्राथमिकीकरण गरिने छ ।
७८.स्थानीय उद्योगहरुको प्रवर्द्धन गर्ने तथा सौन्दर्यकरण लाई टेवा पुयाउने उद्देश्यका साथ छोटा
सडक तथा लिंक रोडहरुलाई इन्टरलकब्लक द्वारा निर्माण गरिने छ ।
७९.ए.डी.बि. र अन्य दातृ निकायसंगको सहकार्यमा डिपिआर भैसकेका सडकहरु, करिडोर, नदि तटबन्ध, जल पर्यटन, मत्स्यपालन लगायतका परियोजनाहरुलाई प्राथमिकता दिइनेछ ।
८०.देवदह मण्डपको क्रमिक रुपमा पूर्वाधार विकास गरिने छ ।
८१.नगरभित्र निर्माण हुने सम्पूर्ण सडकहरुको गुणस्तर शुनिश्चित गर्न आवश्यक मापदण्डहरुको कडाईका साथ पालना गर्ने / गराईने छ ।
८२.देवदहका दाह संस्कार स्थलहरुलाई व्यवस्थित बनाईनेछ ।
८३.देवदह नगर विकास प्राधिकरण गठनको प्रकृया अगाडी बढाईने छ।
८४. रोहिणी बाँधलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने छ ।
८५.देवदह भित्रका विभिन्न सामुदायिक वन क्षेत्रमा सामुदायिक वन संगको साझेदारिमा पिकनिक स्पोर्ट्स तथा पार्क निर्माण गरिने छ ।
८६. देवदह २ नमूना कृषि टोलमा रहेको जोखिमपूर्ण सार्वजनिक घोलको समूचित व्यवस्थापन र संरक्षणको डिपिआर तयार गरिने छ ।
८७.संघ र प्रदेशबाट संचालन गरिने योजनाहरुको अभिलेखीकरण गरिने छ । ती योजनाहरुमा देवदह नगरपालिकाले आवश्यकता अनुसार समन्वय, संरक्षण र सहकार्यको नीति अपनाउने छ ।
८८.टुक्रे योजनामा बजेट छुट्याउने परिपाटीलाई निरुत्साहित गरिने छ ।
८९.उपभोक्ता समितिमार्फत संचालन हुने योजना सोही आ.व.को पौष मसान्त सम्म पनि सम्झौता नगरेमा
उक्त योजनाहरुलाई दोस्रो नगरसभाबाट संसोधन गरि संसोधित योजनाहरु चैत्र मसान्तसम्म मात्र
सम्झौता गरिने नीति अवलम्बन गरिनेछ ।
९०.उपभोक्ता समिती मार्फत सञ्चालन हुने आयोजनाहरुमा कम्तिमा २० प्रतिशत लागत सहभागिता गर्नुपर्ने नीति लिइनेछ ।
९१.वडामा कम्तिमा १५ लाख बरावरको वडास्तरीय गौरवको योजना बनाउने नीति अपनाइने छ ।
९२.सम्पन्न हुने खालका आयोजनाहरुको हकमा ल.ई. गरि लाग्ने याथार्थ रकम विनियोजन गर्ने कार्यको
थालनी गरिनेछ ।
९३.नगरपालिका भित्रका विभिन्न बाटाहरुलाई ग्राभेल प्रयोजनका लागि एकमुष्ट रकम विनियोजन गरि पालिका स्वयंले बाटो ग्राभेल गर्ने नीति अवलम्बन गरिनेछ ।
९४. नगरपालिकाबाट सञ्चालन गरिने सडक कालोपत्रे लगायत अन्य पूर्वाधार विकासको काममा गुणस्तरीयता र दिगोपना कायम गर्न यसै आ.व मा नगरपालिकामा प्रयोगशाला स्थापना गरि संचालन गरिने छ ।
९५. देवदह चक्रपथ, न. पा. भित्रका पर्यटन स्थलहरु जोडने तथा प्रमुख बाटाहरु लगाएत अन्य दातृ संस्थाहरुको सहकार्यमा निर्माण कार्य अघि बढाईने छ।
९६.देवदह ४. भवानिपुर स्थित बुद्धमाया अन्तराष्ट्रिय शान्ति उद्यान तथा संग्रालय लगायत न.पा. भित्रका अन्य पर्यटकीय स्थलहरुको ADB लगाएत अन्य दातृ संस्थाहरुको सहकार्यमा निर्माण कार्य अघि बढाइने छ।
९७. रोहीणी करीडोर निर्माण गर्ने कार्यको लागि संभाव्यता अध्ययन गरिनेछ ।
९८.महत्त्वपूर्ण योजनाको पहिचान गरि प्रोजेक्ट बैंक तयार गरि डिपिआर गर्ने नीति लिइनेछ ।
९९.वडा नम्बर १० को मुढावास र वडा नम्बर ६ को सरनवारि झोलुङ्गे पुलको निर्माण कार्यलाई अगाडि बढाइनेछ।
विपद व्यवस्थापन
१००.आगलागीजन्य विपद् न्यूनीकरण गर्न छिमेकी पालिकाहरुसंगको लागत साझेदारिमा वारुण यन्त्र खरिद गरिने छ ।
१०१.महामारी, आगजनी, भूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपको बेला रेडक्रस लगायत
अन्य संघ संस्थाहरुसँग सहकार्य गरि उद्धार तथा राहत कार्यक्रमहरु संचालन गरिने छ ।
१०२.विपद् व्यवस्थापनका लागि चरणबद्ध योजना निर्माण गरि व्यवस्थापनको कार्यलाई अगाडी बढाइने नीति अवलम्बन गरिने छ ।
१०३.प्रत्येक वडामा खुल्ला क्षेत्र एवं आपतकालिन केन्द्र स्थापनाको लागि सम्भाव्य क्षेत्र पहिचान गरी कार्यान्वयनमा जोड दिइने छ ।
१०४.विपद् पूर्व तयारी, खोज तथा उद्दार राहत सामाग्रीको भण्डारण, वितरण र समन्वयमा प्रभावकारी बनाइनेछ ।
१०५. प्रकृतिक प्रकोपका हिसावले जोखिम रहेका स्थानहरू तथा सडक किनारमा वृक्षारोपण कार्यक्रम संचालन गरी वातावरण सन्तुलन कायम राख्दै हरियाली प्रवद्धन गरिने छ ।
१०६. विपद् व्यवस्थापन कोषमा रकम विनियोजन गरि उक्त कोषलाई प्रभावकारी ढंगले अगाडी बढाइने छ ।
१०७. बाढी तथा पहिरोको जोखिम रहेका स्थान तथा बस्तिहरुको सुरक्षाका लागि संवेदनशिल स्थानहरू, नदि किनारामा तटबन्धन तथा तार जालिको कार्यक्रम संचालन गरिने छ ।
१०८. सबै वडा, विद्यालय, टोल विकास संस्था र नगरस्तरमा विपद् प्रतिकार्य योजना तर्जुमा गरि कार्यान्वयन गरिने छ ।
फोहोरमैला व्यवस्थापन
१०९. नगरपालिकालाई पुर्ण सरसफाई युक्त बनाउनका लागि सार्वजनिक तथा पर्यटकीय क्षेत्रहरुमा सार्वजनिक शौचालयको व्यवस्था गरिने छ र निर्माण पुरा भएका शौचालयलाई संचालनमा ल्याइनेछ ।
११०. घरपालुवा पशुहरुलाई जथाभावी छोड्ने प्रवृतिलाई निरुत्साहित गरिने छ ।
१११.देवदह नगरपालिकाका प्रत्येक घरधुरीलाई घरायसी फोहोर व्यवस्थापनका लागि डस्टविन उपलब्ध गराइने छ ।
११२. नगरको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल्ड साइटको व्यवस्था मिलाउन
सम्भाव्यता अध्ययन गरिनेछ । फोहोरलाई सेग्रिगेशन गरि दिगो आयआर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड र कार्यविधि तयार गरि निजि, सहकारी वा समुदायको सहकार्यमा कार्य गरिनेछ । ढल निकासका लागि संघ तथा प्रदेश सरकारसंग सहकार्य गरिने छ ।
११३. निषेधित क्षेत्र भित्र फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्नुका साथै आटेर गर्नेलाई कारवाहीको दायरामा ल्याइनेछ।
११४.देवदह र आसपासका उद्योग कलकारखानाबाट निस्कने प्रदुषण नियन्त्रणको लागि सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरिने छ ।
११५. नगरपालिका क्षेत्रमा सरसफाईलाई अभियानको रुपमा नै संचालन गर्न आफ्नो घर टोललाई सफा
राख्न अभिप्रेरित गर्न र प्रतिस्पर्धात्मक चेतनामूलक कार्यक्रम संचालन गर्न टोल विकास संस्था मार्फत
सम्पुर्ण टोलबासीहरु तथा स्थानीय संघ संस्थालाई परिचालन गरि नियमित रुपमा सरसफाई अभियान संचालन गरिने छ । साथै उत्कृष्ट सरसफाई कार्य गर्ने टोल विकास संस्था लाई सम्मान तथा पुरस्कृत गरिने छ । सरसफाई कार्यका लागि टोल विकास लाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराइने छ ।
११६.जसले फोहोर गर्छ, उसैले सफा गर्नु पर्छ भन्ने निति अवलम्वन गरिने छ ।
११७. घर घर बाट निस्कने फोहोर लाई कुहिने र नकुहिने फोहोर मा विभाजन गरी कुहिने फोहोर लाई प्राङ्गारिक मलको रुपमा उपयोग गराउन अभिप्रेरित गरिने छ ।
बन तथा भू-संरक्षण
११८. जनताको वन जनताकै धन" भन्ने नारालाई मध्यनजर गर्दै कृषि वन प्रणाली मार्फत सामुदायिक वनलाई दिगो व्यवस्थापन गरेर जीविकोपार्जनका साथै हरित रोजगारीक सृजना गर्ने खालका कार्यक्रमहरु संचालनमा ल्याईने छ ।
११९. सामुदायिक तथा साझेदारी वन उपभोक्ता समुह र पारिवारिक निजि वन मार्फत हरित उदयम् स्थापना गरी स्थानिय जनता र युवाहरु लाई उत्पादनसंग जोडेर रोजगारी सृजना गरिने छ ।
यसका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र पारिवारिक निजि वन संग संस्थागत सहकार्य गरिने छ ।
१२०. नगरपालिका क्षेत्रका सार्वजनिक तथा सामुदायिक वनमा रहेका वनजन्य स्रोत तथा वन्यजन्तुहरु एवं जैविक विविधताको संरक्षण गरिने छ । साथै जलवायु परिवर्तनका कारण मुल सुक्ने, जल सतह घट्दै गएको अवस्था बाट सृजित समस्या समाधानका लागि पानी पुर्नभरण पोखरी स्थापना सार्वजनिक पोखरी ताल कुवा र पानीको मुलको संरक्षण र सम्बर्द्धन गर्ने नितिलाई निरन्तरता दिइनेछ ।
१२१. नगर क्षेत्र भित्रका मुख्य तथा भित्रि सडकहरुको दाया बाया हरियाली एवं सौन्दर्य बढाउन वृक्षारोपण एवं संरक्षण गर्दै लगिने छ । नगरपालिका तथा वडा कार्यलयहरुमा सौन्दर्यकरण गर्न विभिन्न वोट तथा फुलहरू रोप्ने कार्य अगाडी बढाइ वातावरण दिवस मनाईनेछ ।
१२२. सामुदायिक वनहरूले गर्ने आय आर्जनलाई नगरपालिका विकास निमार्णको मुल प्रवाहिकरणमा
सहयोग पुग्ने गरि नीति अवलम्बन गरिनेछ ।
१२३. नगर क्षेत्र भित्र रहेका सामुदायिक वनहरुले बनाएको कार्ययोजना नगरपालिका बाट स्विकृत गराई, कार्यान्वयन गर्नु पर्ने र स्थानिय सरकार संचालन ऐनले तोकेको शुल्क अनिवार्य रुपमा सामुदायिक वनहरूले नगरपालिकामा जम्मा गर्नु पर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने छ ।
१२४. वातावरण प्रदुषण नियन्त्रणको लागि प्रदेश सरकारको सहकार्यमा प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला बनाई प्रयोग गर्ने कार्यलाई प्रर्वद्धन गरिने छ ।
१२५. प्रारम्भिक वातावरणीय मूल्यांकन (IEE) समयमै सम्पन्न गरी नदीजन्य पदार्थ उत्खनन् गर्ने व्यवस्था गरिने छ । साथै नदीजन्य प्रदार्थ चोरी निकासी गर्ने कार्यलाई नियन्त्रण र नियमन कार्य लाई प्रभावकारी बनाइने छ । नदीजन्य पदार्थ उत्खनन् कार्य लाई व्यवस्थापन गरी राजस्व संकलन गर्न र रोजगारी सृजना गर्न नगरपालिका कै आफ्नै क्रसर उद्योग सञ्चालनका लागि गृहकार्य गरिने छ ।
१२६. सामुदायिक, सार्वजनिक, सरकारी वन भित्र कृषि वन तथा कबुलियत वनको अवधारण लागु गरिनेछ
बालमैत्री स्थानीय शासनतर्फ:
१२७. देवदह नगरपालिकाभित्र बन्ने सम्पूर्ण पूर्वाधारहरुलाई बालमैत्री बनाउने नीति अवलम्बन गरिनेछ ।
१२८. वालवालिकालाई पहुँच, अपनत्व, बाल विकास, बाल सहभागिता, बालसम्मान तथा संघीयताको अभ्यास र अनुभवको लागि महिनाको कुनै एक दिन बालबालिका नै नगरपालिकाको प्रमुख तथा उपप्रमुख बन्ने कार्यक्रम संचालन गरिनेछ।
१२९.नगरकार्यपालिका बैठक तथा नगर सभाहरुमा अवस्था र आवश्यकता हेरी बालबालिकाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिने छ ।
१३०. बालबालिकाहरुले सम्पादन गरेका कार्यक्रमहरुको फछ्यौट र भुक्तानी लगायत नगरपालिकाबाट हुने हरेक प्रकारका सेवाप्रवाहमा बालबालिकाहरुलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने छ।
१३१. बालविवाह, बालहिंसा तथा बालश्रम शोषणको अन्त्य गर्न विविध अभियान तथा कार्यक्रमहरु संचालन गरिने छ ।
१३२. बाल दिवस लगायत अन्य सान्दर्भिक अवसरहरुमा चेतनामुलक र प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने छ।
१३३. बालमैत्री आचारसंहिता तयार गरिने छ ।
१३४. बालमैत्री सम्बद्ध विषयमा अनुसन्धानात्मक कार्यलाई प्रोत्साहन गरिने छ ।
१३५.बाल समुह र बाल संजालको पुनःगठन गरिने छ । नवगठित नगर बाल सञ्जालको क्षमता
विकासका कार्यक्रमहरु संचालन गरिने छ
१३६.नगरपालिकाक्षेत्रका संघ संस्थाहरुमा बाल प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिइनेछ
१३७. विभिन्न प्रकारका चेतनामूलक प्रचारसामग्रीहरु निर्माण र वितरण गरिने छ ।
१३८. यो वर्ष बालमैत्री देवदह नगरपालिका घोषणा गर्न आवश्यक सूचक र मापदण्डहरु पुरा गरिने छ । आगामी आ.व. मा देवदह नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने छ ।

राजश्व परिचालन
१७८. प्रगतिशील कर प्रणालीको सिद्धान्तमा रहि राजस्वका नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
१७९. राजस्व प्रशासनलाई चुस्त बनाउँदै विद्युतीय माध्यमबाट कर तिर्ने प्रणालीको विकास गर्ने गरि चालु आ.व. वाट विद्युतीय भुक्तानी E-Payment प्रणालीलाई लागु गरिनेछ ।
१८०. राजश्वको सम्भाव्यता अध्यायन गरि समग्र कर प्रणालीलाई व्यवस्थित, प्रगतिशिल र प्रभावकारी
बनाउनको लागि एक विज्ञ समूहको कार्यदल गठन गरिनेछ ।
१८१. राजस्व परामर्श समितिद्वारा प्राप्त सुझाब लाई आधार बनायर कर दस्तुर शुल्क आदि निर्धारण गरिने छ ।
१८२. नियमित र समयमै कर तिर्ने करदातालाई सम्मान गर्ने कार्यक्रम लागु गरिने छ।
१८३. वडा कार्यालयहरुबाटै कर, शुल्क दस्तुर असुल भई रहेकोमा सो कार्यलाई तथ्याकंमा आधारित गराई थप व्यवस्थित गरिने छ ।
१८४. व्यवसाय तथा उद्योग दर्ता र नवीकरण लाई सहज र सरल बनाउन सम्बन्धित शाखालाई सो
सम्बन्धि कार्यविधी बनाई लागु गर्न समन्वय गरिनेछ । १८५. अटो रिक्सा र विद्युतीय रिक्सा नवीकरण र सिफारिस प्रक्रियालाई व्यवस्थित गरि करको दायरमा ल्याइनेछ ।
१८६. कर प्रशासनलाई व्यवस्थित बनाउन आवश्यकतानुसार ऐन तथा कार्यविधिहरु बनाईनेछ ।
१८७. घर बहाल कर व्यवसाय दर्ता, नवीकरण र उद्योगको दर्ता र नवीकरण लगाएतका विषयमा जागरण ल्याई नागरिकलाई कर तिर्नु नागरिकको कर्तव्य हो भन्ने भावनाको विकास गर्ने गरि राजस्व क्याम्पीङ कार्यक्रम सञ्चालन गरिनेछ ।
भाषा, साहित्य, कला र संस्कृति
१८८.भाषा, साहित्य, कला र संस्कृतिको संस्थागत विकास गर्न देवदह प्रज्ञा प्रतिस्ठान गठन गरिने छ ।
१८९. देवदहको भाषिक स्थितिको तथ्यांकीय अध्ययन गरिने छ ।
१९०. देवदह प्रज्ञा प्रतिस्थान मार्फत साहित्यिक पर्यटन विकासको बृहत्तर योजना निर्माण गरिने छ ।
१९१. देवदहको इतिहास र सांस्कृतिक पहिचान संग जोडिएका जात्रा तथा मेला महोत्सवलाई व्यवस्थित गरिने छ ।
१९२. सबै जात जाति, धर्म, परम्परा, मौलिक संस्कृतिको संरक्षण गर्ने नीति अवलम्बन गरिने छ ।
१९३.देवदहको पहिचान झल्किने लोगो र नगर गान तयार गरिने छ
उर्जा
१९४. विद्युत भोल्टेज, पोल, तार एवम विद्युतीकरणको समस्या भएका क्षेत्रको पहिचान गरि देवदहलाई
पूर्ण विद्युतीकरण गरिने छ ।
१९५. संघीय तथा प्रदेश सरकारको सहकार्यमा बायो ग्यास जडानमा पचास प्रतिशत अनुदान दिइने छ ।
कानून तथा न्याय
१९६. न्यायिक समिति र मेलमिलापकर्ताहरुको क्षमता विकासका कार्यक्रम गरिने छ ।
१९७. नगरपालिकाभित्रका सबै वडामा रहेका मेलमिलाप केन्द्रलाई प्रभावकारी रुपमा संचालन गरिने छ।
१९८.सम्पूर्ण नगरवासीलाइ सरल रुपमा न्यायको पहुच विस्तार गरिने छ ।
१९९. न्यायिक समितिमा परेका उजुरीहरुको शिघ्र सुनुवाई गरिने छ ।
२००. नगरस्तरीय मेलमिलाप केन्द्रको गठन गरि न्यायलाई थप प्रभावकारी बनाईने छ ।
राष्ट्रिय अन्तराष्ट्रिय सहकार्य र सम्बन्ध
२०१. नगरपालिकाको पर्यटन, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद क्षेत्रको विकास गर्न तथा राष्ट्रिय/अन्तराष्ट्रिय सहयोग र अनुभव आदान प्रदान गर्न विभिन्न नगरहरुवीच भगिनी सम्बन्ध स्थापन गर्ने नीति लिईने छ ।
२०२. महामानव गौतम बुद्धसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था र स्थानीय तहहरुसँग सँस्कृति र पर्यटन विकासको सन्दर्भमा सहयोग र सहकार्यको नीति अवलम्बन गरिने छ ।
२०३. देवदह क्षेत्रको महिमालाई राष्ट्रिय र अन्तराष्ट्रियकरण गर्ने कार्यक्रमहरु गरिने छ ।
२०४. देवदह क्षेत्रको महिमालाई राष्ट्रिय अन्तराष्ट्रियकरण गर्नको निम्ति विभिन्न माध्यमबाट प्रचार प्रसार गरिने छ ।
२०५. यस अघि कायम भईसकेका भगिनी सम्बन्धहरु थप प्रगाढ बनाउने नीति लिईने छ ।
उपभोक्ता हित संरक्षण
२०६. खाद्य गुणस्तर कायम राख्नको लागि विज्ञ सहितको समिति बनाई बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाईने छ ।
२०७.उपभोक्ता सचेतना सम्बन्धी कार्यक्रमहरु संचालन गरिने छ ।
२०८. उपभोक्ताको स्वास्थ्य संवेदनशिलतामा गैरजिम्मेवार वा लापरबाह गर्ने वस्तु तथा सेवा प्रदायकलाई कानुनी कारवाहीको प्रकृया अगाडी बढाईने छ ।
पर्यटन
२०९: Home Stay संचालनको सम्भाव्यता भएका पर्यटकीय क्षेत्रहरुमा बन्ने प्रत्येक नयाँ घरका कम्तिमा दुईवटा कोठा पर्यटक लक्षित गरि बनाउन प्रोत्साहन गरिने छ ।
२१०. पर्यापर्यटनका सम्भाव्य ठाउँहरुको पहिचान, संरक्षण र प्रचार गरिने छ ।
२११. पर्यटनलाई आर्थिक उपार्जनसँग जोडिने छ ।
२१२. लुम्बिनी क्षेत्र विकास कोषसँगको सहकार्यमा लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई कम्तिमा १ दिनको देवदह बसाई हुने वातावरण तय गर्न आवश्यक पूर्वाधार विकास र पर्यटन सवारीको व्यवस्थापनमा गृहकार्य गरिने छ ।
२१३. लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई कम्तिमा १ दिन देवदह ल्याउने नीति अबलम्बन गरिने छ ।
२१४. ऐतिहसिक पुस्करिणी दहको संरक्षण र संबर्द्धन गरिने छ ।
२१५. बुद्धसम्बद्ध विषयवस्तुको उत्खनन/ खोज / अनुसन्धान गरिने छ ।
२१६. पाकरी बृक्षको संरक्षण गरि यसको महिमाको प्रचार प्रसार गरिने छ ।
२१७. भवानीपुरमा संचालित सूचनाकेन्द्रलाई पर्यटन सूचना केन्द्रको रुपमा संचालन गरिने छ ।
२१८. स्थानिय कला, संस्कृति र परम्पराको पहिचान, प्रसार र संरक्षण गर्ने नीति अंगीकार गरिने छ ।
खानेपानी र सरसफाई
२१९. देवदह नगरपालिकाभित्र रहेका खानेपानी उपभोक्ता तथा सरसफाई समितिहरुलाई एकिकृत रुपमा संचालन गरिने नीति अबलम्बन गरिने छ ।
२२०. खानेपानीको मुहान र सम्बन्धित योजनाहरुको व्यवस्थापनमा नगरपालिकाबाट आवश्यक समन्वय, सहजीकरण गरि अनुगमन समेत गरिने छ ।
२२१. एक घर एक धारा अभियानलाई प्रभावकारी बनाईने छ ।
उद्योग तथा वाणिज्य
२२२.लगानीमैत्री वातावरण तयार गर्न उद्योगका लागि जग्गा रजिष्ट्रेशन करमा विशेष सहुलियत र छुट दिने निती बनाइनेछ ।
२२३.महिला उद्यमी तथा व्यवसायिहरुलाई आर्थिक सहुलियतको कार्यक्रम ल्याईने छ ।
२२४.निर्माण उद्योग संचालनमा आर्थिक र प्राविधिक सहयोगको कार्यक्रम ल्याईने छ ।
२२५.रोजगारी सिर्जनामा योगदान दिने साना उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रम गरिने छ ।
२२६.वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सिप क्षमता र जाँगरलाई उपयोग गरि समग्र नगरको विकासमा टेवा पुर्याउन मेयरसंग युवा उद्यम कार्यक्रम लागु गरिने छ ।
२२७.युवा उद्यमसिलता प्रवर्द्धनमार्फत युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रमहरु संचालन गरिने छ ।
२२८. नदिजन्य पदार्थको प्रभावकारी व्यवस्थापन गरि आम नगरवासीलाई सहुलियत दरमा ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध गराई राजश्व समेत अभिवृद्धि गर्ने उद्देश्यका साथ क्रसर उद्योग स्थापना गरि संचालनमा ल्याइनेछ।
२२९.महिला उद्यमीहरुद्वारा उत्पादित सामाग्रीहरुको बजारीकरणमा प्रोत्साहन गर्ने गरि कार्यक्रम ल्याइनेछ।
सहकारी/ बैंड तथा गरिवी निवारण
२३०. देवदहका वित्तीय संस्थाहरुसँग पारस्परिक सहयोग र समान दृष्टिकोणको नीति अबलम्बन गरिने छ ।
२३१. वित्तीय संस्थाहरुसँगको साझेदारीमा उद्यममा आधारित क्षेत्रमा लगानी प्रबर्द्धन गर्ने नीति अबलम्बन
२३२.गरिबीको रेखामुनि रहेका नागरिकको तथ्याङक संकलन गरिने छ ।
२३३. विपन्न नागरिकलाई आवास कार्यक्रम सञ्चालन गरिने छ ।
भवन तथा सहरी विकास
२३४. देवदह नगरपालिकाभित्र निर्माण हुने भवनहरु मापदण्डको आधारमा अनिवार्य नक्सापास गरि भवन निर्माण गर्नु पर्ने नीति कार्यान्वयन गरिने छ । एकपटकको लागि यसअघि निर्माण सम्पन्न भएका घरहरुको नक्सा उपलब्ध गराईने छ ।
२३५.खरको छानोमुक्त देवदह बनाइनेछ।
२३६.भवन मापदण्ड तर्जुमा गरि लागु गरिनेछ।
२३७.पुर्जा, नक्सा र भोगचलन फरक पर्न गई भवन नक्सा पास गर्ने प्रक्रियामा भएको कठिनाइलाई दृष्टिगत गरी हाल साविक वा पुनः नापी गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
२३८.नगरपालिका क्षेत्रभित्र बन्ने घरहरुको नक्सा बनाउने परामर्शदाता अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा सूचिकृत हुनुपर्ने र सूचिकृत नभएको परामर्शदाताबाट पेश गरेको घर नक्सा स्वीकृत नगर्ने नीति अवलम्बन गरिनेछ ।
२३९.भवन नक्सा सम्बन्धि नगरपालिकाले अवलम्वन गरेको नीति र परामर्शदाताले गरेको कार्य बाझिन गई सेवाग्राहीले व्यहोर्न परेको असुविधा अन्त्यका लागि सुचिकृत परामर्शदाताहरुलाई अभिमुखिकरण गरिनेछ।
२४०. नेपाल सरकारवाट जारी भएको राष्ट्रिय भवन संहितालाई कार्यन्वयन गर्दै जाने नीति लिइने छ ।
२४१. व्यवस्थित शहरीकरणका लागि भूउपयोग नक्सामा तोकिएको क्षेत्रमा मात्र भवन नक्सा पास गर्ने कार्यलाई कार्यन्वयनमा ल्याइनेछ ।
२४२. महेन्द्र राजमार्ग र शितलनगर देखि मणिग्राम (बुद्ध सर्किट) सडकमा पर्ने भवनहरुमा बुद्धसँग सम्बन्धित रङ्ग लगाउने नीति लिइने छ ।
पञ्जीकरण तथा सामाजिक सुरक्षा
२४३. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने योग्य सबै नगरवासीहरुलाई सफ्टवेयर प्रणाली तथा बैंकिङ्ग प्रणाली मार्फत समयमै सरल सहज तरिकाबाट वितरण गरीने व्यवस्था मिलाइनेछ ।
२४४. शत प्रतिशत घटना दर्ता गराउनका लागि स्वास्थ्य संस्था तथा विद्यालयहरुसँग समन्वय गरि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
रोजगार सम्बन्धी:
२४५. गरिवि न्यूनिकरण तथा रोजगारीका अवसरहरु सृजना गर्न पहलकदमी चालिनेछ ।
२४६. स्थानीय तहमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारीको प्रत्याभूति गराईने छ ।
२४७. आन्तरीक रोजगारी सृजना गर्न सरोकारवाला निकाय र निजी क्षेत्रसंग समन्वय र सहकार्यमा जोड दिईने छ ।
२४८. संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यमा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्रहरु पहिचान गरि अवसरहरु विस्तार गरिनेछ ।
२४९. रोजगार सेवा केन्द्रको संचालन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाईनेछ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij