बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बैंक अफ काठमान्डू र एनआईसी एसियाको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

बैंक अफ काठमान्डू र एनआईसी एसियाको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

images
  • 150
    SHARES

  • images
    images
    images
    बैंक अफ काठमान्डू र एनआईसी एसियाको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका
    images
    images
    images

    काठमाडौं । एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डु र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन रहेको छ ।बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनआईसी एसियाले ८ असारबाट ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९७ हजार ९२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

    लगानीकर्ताले एनआईसीको सेयरमा न्यूनतम ४०० रुपैयाँ र नेपाल लाइफको सेयरमा ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

    images
    images
    images


    यसमा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

    बैंक अफ काठमान्डू

    बैंक अफ काठमान्डूको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराईज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन १९ असार बिहान ११ बजे सनराईज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, आषाढ १६ २०७९१२:५२:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij